विकिपुस्तक
newikibooks
https://ne.wikibooks.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0
MediaWiki 1.47.0-wmf.7
first-letter
मीडिया
विशेष
वार्तालाप
प्रयोगकर्ता
प्रयोगकर्ता वार्ता
विकिपुस्तक
विकिपुस्तक वार्ता
चित्र
चित्र वार्ता
मीडियाविकि
मीडियाविकि वार्ता
ढाँचा
ढाँचा वार्ता
मद्दत
मद्दत वार्ता
श्रेणी
श्रेणी वार्ता
पाकपुस्तक
पाकपुस्तक वार्ता
बालपुस्तक
बालपुस्तक वार्ता
विषय
विषय र्ता
TimedText
TimedText talk
मोड्युल
मोड्युल वार्तालाप
Event
Event talk
श्रीमद्भगवद्गीता पञ्चम अध्याय
0
4135
18618
18507
2026-06-18T03:49:57Z
CommonsDelinker
37
Removing [[:c:File:Diagram_5.01.jpg|Diagram_5.01.jpg]], it has been deleted from Commons by [[:c:User:Krd|Krd]] because: No license since 10 June 2026.
18618
wikitext
text/x-wiki
चाण्डाल
====अध्याय पाँच====
===कर्म सन्न्यास योग===
====अर्जुन उवाच====

सन्न्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि ।

यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम् ।।१।।
====पदच्छेद र शब्दार्थ====
अर्जुन उवाच (अर्जुनले भने)

सन्न्यासम् (सन्न्यास, त्याग) कर्मणाम् (कर्म) कृष्ण (हे कृष्ण) पुनः योगम् (फेरि योग) च (तथा) शंससि (प्रशंसा गर्नु हुन्छ) यत् (जुन) एतयोः (यी दुईमध्ये) सुनिश्चितम् (सुनिश्चित गरेर) एकम् (कुनै एक मार्ग) ब्रूहि (भन्नुहोस्) तत् (त्यो जुन) मे (मेरा लागि) श्रेयः (श्रेयस्कर छ)।

अर्जुनले भने–
हे कृष्ण, कुनै बेला सन्न्यासको र कुनै बेला कर्मको अर्थात् कहिलकाहीें कर्म सन्न्यास र कहिलेकाहीं कर्मयोगको प्रशंसा गर्नु हुन्छ । तपाईंले यी दुईमध्ये सुनिश्चित गरेर कुनै एक त्यो मार्ग भनीदिनु होस् जुन मेरा लागि श्रेयस्कर छ ।।१।।
====व्याख्या====
मेरा लागि कुन बाटो राम्रो छ कर्मयोग कि कर्म सन्न्यास ? अर्जुनको यस भनाईले के स्पष्ट हुन्छ भने भगवान्ले भन्न खोजेको कुरा अर्जुनले अझै बुझेनन् तर पनि उनले यसलाई वक्ताको दोषको रुपमा लिएका छैनन् बरु आफ्नो दोष मानेका छन् । उनले कर्म त्यागको बाटो ठीक अथवा कर्ममा संलग्नताको ? भगवान् कृष्णको कुराबाट अलमलिएको भन्दै निश्चित एउटा मात्र बाटो बताइदिन विनम्र आग्रह गरेका छन् ।
जब कुनै प्रिय शिष्यले गुरुलाई मार्ग बताइदिन आग्रह गर्छ, त्यस बेला योग्य गुरुले शिष्यलाई सबै मार्ग बताउँछन् । कुनै शहर पहिलो पटक घुम्न आउने पर्यटकले बाटो सोध्यो भने सिपालु गाइडले उसलाई सबै बाटो बताउँछ । प्रत्येक बाटोको विशेषता र कठिनाई पनि बताउँछ । पर्यटक यसले अलमलिन सक्छ, तर त्यो गाइडको दोष होइन । त्यसै गरी गुरुले आफूले जानेका सबै मार्ग बताउँछ । कुनै पनि बाटोमा राम्ररी नहिँडेको शिष्य अलमलिन्छ। तर एउटा बाटोमा राम्ररी हिँडेपछि भने शिष्य अलमलमा पर्दैन । अर्जुनको अलमल पनि उसले आफ्नो कर्म बिर्सनाले हो ।
====श्रीभगवानुवाच====

सन्न्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ ।

तयोस्तु कर्मसन्न्यासात्कर्मयोगो विशिष्यते ।।२।।
====पदच्छेद र शब्दार्थ====
श्रीभगवान् उवाच (श्रीभगवान् ले भन्नु भयो)
सन्न्यासः (कर्मत्याग, कर्मसन्न्यास) च (र) कर्मयोग ः (कर्मयोग) उभौ (दुवै) निःश्रेयस् करौ (कल्याणकारक छन्) तु (तर) तयोः (ती दुवैमा) कर्मसन्न्यासात् (कर्मत्यागभन्दा) कर्मयोगः (कर्मयोग, कर्ममा संलग्नता) विशिष्यते (विशिष्ट छ) ।

श्रीभगवान ले भन्नु भयो–

कर्मसन्न्यास र कर्मयोग दुवै कल्याणकारक छन् । तर यी दुईमध्ये कर्मत्यागभन्दा कर्मयोगको योग्यता विशिष्ट छ ।

ज्ञेयः स नित्यसन्न्यासी यो नद्वेष्टि न काङ्क्षति ।

निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ।।३।।
====पदच्छेद र शब्दार्थ====
महाबाहो (हे महाबाहु) ज्ञेयः (जान) स ः (त्यसलाई) नित्यसन्न्यासी (नियमित सन्न्यासी) यः (जसले) नद्वेष्टि (न द्वेष गर्छ) न काङ्क्षति (न प्रेम, न चाहना) हि (नै) निद्र्वन्द्वः (न द्वन्द्व) सुखं (सुखपूर्वक) बन्धात् (बन्धनबाट) प्रमुच्यते (मुक्त भइदिन्छ) ।

हे महाबाहो, जुन मानिसले न कुनैको द्वेष गर्छ न प्रेम गर्छ त्यस कर्मयोगीलाई कर्म सन्न्यासी नै भन्नु पर्छ किनभने निद्र्वन्द्व सुखपूर्वक बन्धनबाट मुक्त भएको हुन्छ ।।३।।
====व्याख्या====
मनोवैज्ञानिक दृष्टिले मानवीय स्वभाव दुई प्रकारका हुन्छन्– अन्तर्मुखी र बहिर्मुखी । अन्तर्मुखी स्वभावका व्यक्तिहरुलाई ज्ञान, ध्यान, चिन्तन र दर्शनका विषय मन पर्छन् । बहिर्मुखी स्वभावका मानिसलाई सक्रिय क्रियाकलाप, कर्मकाण्ड, नाचगान र अनेक प्रकारका विधिहरु मन पर्छ ।

भगवान् श्रीकृष्णले मनोवैज्ञानिक उपचारको स्वरमा अर्जुनलाई उसको श्रेष्ठ मार्ग बताउँदै भन्नु हुन्छ, ‘मैले भनेका दुवै मार्ग कल्याणकारी छन् । एउटा मार्ग ज्ञानयोगको हो र अर्को कर्मयोगको ।’ एक दक्ष चिकित्सकले रोगको निदान प्रस्तुत गरे झैं भगवान् श्रीकृष्णले अर्जुनलाई सल्लाह हुनुहुन्छ– हे महाबाहु, तिम्रा लागि कर्मयोग नै श्रेष्ठ छ ।

अर्जुनको स्वधर्म क्षत्रिय हो । रजस् प्रकृतिका लागि सक्रियता स्वाभाविक छ । अज्ञातवासको समयमा समेत अर्जुनले नृत्य प्रशिक्षक भएर आफ्नो सक्रिय स्वभावको परिचय दिएका छन्। त्यसैले अर्जुनका लागि कर्म मार्ग नै श्रेष्ठ छ, कर्म त्याग होइन । तर शङ्कराचार्य जस्तालाई ज्ञानमार्ग श्रेष्ठ छ ।

साङ्ख्ययोगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः ।

एकमप्यास्थितः सम्यगुभयोर्विन्दते फलम् ।।४।।
====पदच्छेद र शब्दार्थ====
साङ्ख्ययोगौ (सांख्य र योग अर्थात् कर्मसन्न्यास र कर्मयोगलाई) पृथक् (अलग) बालाः (केटाकेटीले, अल्पबुद्धिले) प्रवदन्ति (भन्छन्) पण्डिताः (पण्डित,बुद्धिमानले) न (होइन) एकम् अपि (कुनै एउटाको पनि) सम्यक् (राम्ररी, सम्यक्) आस्थितः (स्थित हुँदा) उभयोः (दुवैको) फलम् (फल) विन्दते (प्राप्त हुन्छ)।

सांख्य अर्थात् कर्म सन्न्यास र योग अर्थात् कर्मयोगलाई अल्पबुद्धिले अलग देख्छन् तर पण्डितहरुले यस्तो देख्दैनन् । कुनै एक मार्गको राम्ररी आचरण गर्नाले दुवैको फल प्राप्त हुन्छ ।।४।।

यत्साङ्ख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते ।

एकं साङ्ख्यं च योगं च यः पश्यति स पश्यति ।। ५ ।।
====पदच्छेद र शब्दार्थ====
यत् (जुन) स्थानम् (स्थान) साङ्ख्यैः (साङ्ख्यद्वारा) प्राप्यते (प्राप्त हुन्छ) तत् (त्यहीं, सोही स्थानमा) योगैः अपि (कर्मयोगले पनि) गम्यते (पुगिन्छ) साङ्ख्यम् च (साङ्ख्य र) योगम् च (योगलाई) यः (जसले) एकम् पश्यति (एउटै देख्छ) सः पश्यति (उसले यथार्थ देख्छ, उसले तत्त्व जान्यो) ।

जुन स्थानमा साङ्ख्यद्वारा पुगिन्छ, कर्मयोगले पनि सोही स्थानमा पुगिन्छ । यसरी जसले सांख्य र योग यी दुवै मार्ग एउटै हुन् भन्ने जान्यो त्यसले वास्तविक तत्त्व जान्यो ।। ५ ।।
====व्याख्या====
यहाँ पण्डितको अर्थ कर्मकाण्ड गराउने पुरोहित होइन । यहाँ पण्डितको अर्थ हो ज्ञानी । जसले ज्ञान मार्ग र कर्ममार्ग दुवैबाट पुगिने लक्ष्य एउटै हो भनेर बुझ्ने । परमहंस रामकृष्णले भनेका छन्– लक्ष्य एउटै हो । जुन बाटो गए पनि पुगिने ठाउँ एउटै हो । पहाडको टुप्पोमा भएको मन्दिर पुग्ने अनेक पथ हुन्छन् तर शिखरमा पुगे पछि दुईवटा बाटो हुँदैनन्, एउटा मात्र रहन्छ । सुरुमा बाटो फरक होला, दूरी फरक होला, कठिनाई फरक होला तर शिखरमा पुगेपछि सबै एउटै हो । यदि सांख्यबाट पनि उही स्थानमा पुगिन्छ जहाँ कर्मबाट पुगिन्छ भने दुवैलाई अलग अलग ठान्नु अपरिपक्वता, अज्ञता हो, केटाकेटीपन हो ।

यदि कुनै मानिसले फलको आा नराखी कर्म गर्छ, द्वन्द्वभावरहित छ भने त्यो पनि सन्न्यासी हो । आफ्नो कुरालाई अझ स्पष्ट गर्दै भगवान्ले भन्नु हुन्छ– सांख्य र योग दुवैका मार्ग अलग छन्, नियम अलग छन् तर शीर्ष एउटै हो– निद्र्वन्द्व, बन्धनमुक्त । ज्ञानीले जुन स्थान प्राप्त गर्छ, कर्मयोगी पनि सोही स्थानमा पुग्छ ।

रमण महर्षिले ध्यान गरेर जुन स्थान प्राप्त गरे, मीराले गीत गाएर जुन स्थान प्राप्त गरिन्, कबीरले उही स्थान कपडा बुनेर प्राप्त गरे । स्वर्गद्वारी महाप्रभुले नियमित हवन गरेर, नरहरिनाथले निरन्तर लेखन कार्य गरेर तथा खप्तड बाबाले एकान्त जंगलमा तपस्या गरेर जुन स्थान प्राप्त गरे शिवपुरी बाबाले संसारका सबै प्रमुख तीर्थस्थल घुमेर त्यही स्थान प्राप्त गरे ।

सन्न्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।

योगयुक्तो मुनिब्रह्म नचिरेणाधिगच्छति ।।६।।
====पदच्छेद र शब्दार्थ====
तु (तर) महाबाहो (हे महाबाहु) अयोगतः (कर्मयोग बिना) सन्न्यासः (सन्न्यास) आप्तुम् (प्राप्त हुनु) दुःखम् (कठिन छ) योगयुक्तः (कर्मयोगी, योगयुक्त) मुनिः (मुनिले) नचिरेण (अविलम्ब) ब्रह्म (ब्रह्म) अधिगच्छति (प्राप्त गर्छ) ।

तर हे महाबाहु, कर्मयोग बिना सन्न्यास प्राप्त हुनु कठिन छ । जो मुनि कर्मयुक्त छ, त्यसले अविलम्ब ब्रह्म प्राप्त गर्छ ।।६।।
====व्याख्या====
कर्मत्याग र कर्मयोगको बिल्कुलै पृथक देखिन्छन् । शंकराचार्यको मार्ग कर्मसन्न्यास हो । राजा जनकको मार्ग कर्मयोग हो । एउटामा सम्पूर्ण कर्मको त्यागबाट प्रारम्भ गरिन्छ भने अर्कोमा कुनै पनि कर्म त्याग नगरीकन सारा कर्तव्य पूरा गरिन्छ । निष्काम कर्मयोग भनेको कर्मको त्याग पनि होइन र कर्म फलको त्याग पनि होइन, केवल कर्मफलका आशाको त्याग हो । यी दुवै मार्ग मध्ये गीताले कर्मत्यागको बाटोलाई कठिन बताएको छ । कर्मयोगको अभ्यास गरेर त्यागको लक्ष्यमा पुग्नु पर्छ भन्ने सुझाव गीताको छ । त्यसैले कर्मयोग पालन गरेपछि जो कर्मसन्न्यासको बाटो हिँड्छ, उसले ब्रह्म सजिलो गरी प्राप्त गर्छ । यसो गर्दा उसले एकै पटक दुवै मार्ग अवलम्बन गरे जस्तो हुनेछ ।

योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।

सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।७।।
====पदच्छेद र शब्दार्थ====
विशुद्ध आत्मा (मनलाई शुद्ध बनाएको, वशमा गरेको) जितेन्द्रियः (इन्द्रिय विजयी) सर्वभूतात्मभूतात्मा (सबै प्राणीहरुको आत्मा नै जसको आत्मा भएको छ) योगयुक्तः (कर्मयोगी) कुर्वन् अपि (कर्म गर्दा पनि) न लिप्यते (लिप्त हुँदैन, अलिप्त रहन्छ) ।

जसको मन शुद्ध छ, जो जितेन्द्रिय छ र सबै प्राणीको आत्मा नै जसको आत्मा भएको छ यस्तो कर्मयोगीले सबै कर्म गर्दा पनि त्यसका बन्धन (पाप वा पुण्य) बाट अलिप्त रहन्छ।।७।।
====व्याख्या====
खडानन्दले पहिलो पटक कटहर देख्यो । अनि फलको बारेमा सोधपूछ गर्यो । त्यति ठूलो फल निकै सस्तोमा पाईंदो रहेछ ।

उसले कटहर किनेर खान थाल्यो । उसलाई बडो स्वादिलो लाग्यो । मिठो मानी मानी कटहर खायो ।

बडो सन्तुष्ट भयो र नजिकको धारामा गएर हात मुख धुन थाल्यो । त्यस बेला खडानन्दलाई दाह्री पाल्ने रहर पनि जागेको थियो । धारामा हात मुख धोए पछि कटहरको चोपले उसको दाह्री टाँंसिन थाल्यो । मुख सफा गर्न उसले साबुन लगाएर बेसरी पानीले धोयो । दाह्री झन् बलियो गरी टाँसिन गयो ।
पानीले कटहरको चोप झन् टाँसिन्छ भन्ने कुरा खडानन्दलाई थाहा थिएन ।

एउटा गाउँलेलाई त्यसको दुर्दशा देखेर दया लागेछ । अनि भन्यो– ‘अब तिमीले दाह्री काट्नु पर्छ । कटहरको चोपबाट जोगिन तेल पो लगाउनु पर्छ । पानी लगाउनु हुँदैन।’
खडानन्दले सारा दाह्री सफा गर्यो ।

त्यस दिनबाट कसैले दाह्री जुङ्गा सफाचट बनाएको छ भने खडानन्दले सोध्न थाल्यो– ‘के तिमीले कटहर खाएका थियौ र ?’

कर्मले लिप्त हुनु भनेको आफ्नै कारणले दाह्रीमा कटहरको चोप टाँसिनु जस्तै हो । जो गीताले बताएको कर्मयोगमा जोडिएको हुन्छ, त्यो कर्ममा लिप्त हुँदैन । किनभने उसले वास्तविकता जानेको हुन्छ, त्यसैले ऊ मुक्त रहन्छ । तर जसलाई वास्तविक कुरा थाहा हुँदैन, अर्थात् जो अज्ञानी हुन्छ उसका कर्म उसलाई लिप्त हुन्छन् ।

नैव किञ्चित्करोमीति युक्तो मन्येत तत्त्ववित् ।

पश्यञ्शृण्वन्स्पर्शञ्जिघ्रन्नश्नन्गच्छन्स्वपञ्स्वसन् ।।८।।

प्रलपन्विसृजन्गृह्णन्नुन्मिषन्निमिषन्नपि ।

इन्द्रियाणीन्द्रियार्थेषु वर्तन्त इति धारयन् ।।९।।
====पदच्छेद र शब्दार्थ====
तत्त्ववित् युक्तः (कर्मयोग सहितको कर्मसन्न्यासीले, तत्त्ववित्ले जान्नु पर्ने कुरा के हो भने) पश्यन् (हेर्दा) शृण्वन् (सुन्दा) स्पर्शन् (छुँदा) जिघ्रन् (सुँघ्दै गर्दा) अश्नन् (खाँदा) गच्छन् (हिँड्दा) स्वपन् (सुत्दा) स्वसन् (साँस फेर्दा) प्रलपन् (बोल्दा) विसृजन् (त्याग गर्दा) गृह्णन् (ग्रहण गर्दा) उन्मिषन् (आँखा खोल्दा) निमिषन् (आँखा बन्द गर्दा) अपि (पनि) इति (यसरी) धारयन् (बुझेर) इन्द्रियाणि (इन्द्रियहरु) इन्द्रिय अर्थेषु (इन्द्रिय कै विषयमा) वर्तन्त (चलिरहेका छन्, व्यवहार गर्छन्) एव किञ्चित् (मैले केही पनि) करोमि न (गरेको छैन) इति (यसरी) मन्येत (बुझ्नु पर्छ) ।

निष्काम कर्ममा युक्त तत्त्ववित् सांख्ययोगीले के बुझेको हुन्छ भने मैले केही गरेको छैन, हेर्दा, सुन्दा, सुँघ्दै गर्दा, भोजन गर्दा, हिंड्दा, सुत्दा, साँसफेर्दा, बोल्दा, त्याग गर्दा, ग्रहण गर्दा, आँखा खोल्दा, वा बन्द गर्दा इत्यादिमा के धारणा राखेर व्यवहार गर्नु पर्छ भने इन्द्रियहरु नै आआफ्ना विषयमा चलिरहेका छन् ।। ८–९ ।।

ब्रह्मण्याधाय कर्माणि संगं त्यक्त्वा करोति यः ।

लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ।। १० ।।
====पदच्छेद र शब्दार्थ====
ब्रह्मणि (ब्रह्म, परमात्मालाई) आधाय (समर्पण गरेर) कर्माणि (कर्महरुलाई) संगम् (आसक्ति) त्यक्त्वा (त्यागेर) करोति (गर्छ) यः (जसले) सः (त्यो) पापेन (पापद्वारा) इव (जस्तै) पद्मपत्रम् (कमलको पातमा) अम्भसा (पानी) न लिप्यते (लिप्त हुँदैन)।

जुन मानिस सबै कर्मलाई ब्रह्म (परमात्मा) मा अर्पण गरेर र आसक्तिरहित भएर कर्म गर्छ त्यसलाई पापले त्यसै गरी छुन्न जसरी कमलको पातमा पानी टाँसिन्न ।।१०।।
====व्याख्या====
निष्काम कर्म हुन शरीरको वास्तविक मालिक को हो र इन्द्रियले कसरी काम गर्छन् भन्ने कुरा जान्नु पर्छ । मालिक जान्ना साथ इन्द्रियहरु त्यसै गरी नियन्त्रित हुनजान्छन् जसरी मालिक देख्नासाथ घरका सेवकहरुले सतर्क भएर काम गर्दछन् ।

तत्त्ववित् ज्ञानीले सबै काम गर्दा गर्दै पनि मुक्त रहन्छ । उसले इन्द्रियहरुले आआफ्ना अर्थमा व्यवहार गरिरहेका छन् भन्ने कुरा राम्ररी बुझेको हुन्छ ।

जो योगयुक्त हुन्छ, उही तत्त्ववित् हुन्छ । हीरा र कोइलाको मूल्यमा जमीन आकाशको अन्तर छ तर दुवैको तत्त्व कार्बन हो । यसरी बुझ्नु नै तत्त्ववित् हुनु हो । जो तत्त्ववित् योगी हुन्छ उसले पेटलाई भोक लाग्छ, कानले सुन्छ, इन्द्रियले इन्द्रियका लागि काम गर्छन् भन्ने जान्दछ । यस्तो जान्ने मानिस नै सबै इन्द्रियको मालिक हुन सक्छ । जोन मिल्टनको एक उक्ति प्रसिद्ध छ– ‘दास भएर स्वर्गमा बस्नु भन्दा मालिक भएर नर्कमा बस्नु बेश ।’ मालिक हुनुको आनन्द नै अर्को छ ।

जुन मानिसले सबै कर्मलाई परमात्मामा अर्पण गर्दै, आसक्तिलाई त्याग गरेर कर्म गर्छ त्यो पुरुष पानीमा कमल झैं लिप्त हुँदैन । केवल परमज्ञानीले मात्र यसरी अलिप्त भएर कर्म गर्न सक्छ । त्यस्तालाई नै गीतामा कर्मसन्न्यासी भनिएको हो । आफ्ना सबै कर्म प्रभु समर्पण गर्दै निर्विकार कर्म पूरा गर्नु नै कर्मयोग हो ।

जापानको सबभन्दा धनी मानिसले एक सस्तो सेक्रेटरी राखेको थियो । आफ्ना मालिकको मेहनत र सामाजिक प्रतिष्ठा देखेर मनैमन त्यो सेक्रेटरीले इष्र्या गथ्र्यो । मालिक धनी थियो र ऊ निकै गरिब थियो ।
मालिक मरे पछि त्यसकी विधवाले त्यही सेक्रेटरीसंग विवाह गरी ।

त्यसदिन सेक्रेटरीले आफ्नो डायरीमा लेख्यो– ‘मेरो मालिकले रात दिन भोक तिर्खा नभनी काम गथ्र्याे । आखिर यो सब मेरा लागि रहेछ ।’

कायेन मनसा बुद्धया केवलैरिन्द्रियैरपि ।

योगिनः कर्म कुर्वन्ति संगं त्यक्त्वात्मशुद्धये ।। ११ ।।
====पदच्छेद र शब्दार्थ====
अपि (त्यसैले) योगिनः (कर्मयोगी) आत्मशुद्धये (अहंकाररहित भई आत्मशुद्धिका लागि) केवलैः (केवल) इन्द्रियैः (इन्द्रियले) मनसा (मनले) बुद्धया (बुद्धिले) कायेन (शरीरले) संगम् (आसक्ति) त्यक्त्वा (त्यागेर) कर्म (कर्म) कुर्वन्ति (गर्छन्) ।

त्यसैले जो कर्मयोगी हुन्छन् उनीहरुले म गर्ने हूँ भनेर अहंकारी बुद्धि नलिईकन केवल इन्द्रिय, मन, बुद्धि, र शरीरले आसक्ति त्यागेर आत्म शुद्धिका लागि कर्म गर्छन् ।। ११।।

युक्तः कर्मफलत्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् ।

अयुक्तः कामकारेण फले सक्तो निबध्यते ।। १२ ।।
====पदच्छेद र शब्दार्थ====
युक्तः (योग युक्त कर्मयोगीले) कर्मफलत्यक्त्वा (कर्मको फल त्याग गरेर) नैष्ठिकीम् (अन्तःकरणमा पूर्णताले) शान्तिम् आप्नोति (शान्ति प्राप्त गर्छ) अयुक्तः (योगयुक्त नभएको, सकाम मानिस) कामकारेण (कामनाको अधीन) फले सक्तः (फलमा आसक्त भएकोले) निबध्यते (बन्धनमा पर्छ) ।
जो योगयुक्त छ, त्यस योगीले कर्मको फल त्याग गरेर अन्तःकरणमा पूर्ण शान्ति प्राप्त गर्छ। तर जो योग युक्त छैन, त्यो कामनावश फलमा आसक्त भएर कर्म गर्छ त्यसैले पाप र पुण्यबाट बाँधिने हुन्छ ।। १२ ।।

सर्वकर्माणि मनसा सन्न्यस्यास्ते सुखं वशी ।

नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन् ।।१३ ।।
====पदच्छेद र शब्दार्थ====
सर्वकर्माणि (सबै कर्महरुलाई) मनसा (मनले) सन्न्यस्य (ईश्वर अर्पण गरेर) वशी (संयत चित्त, जितेन्द्रिय मानिस) नवद्वारे (नौ ढोकाको) पुरे (शरीररुपी शहरमा) देही (देहवान् मानिस) न कुर्वन् (न केही गर्छ) न कारयन् एव (न केही गराउँछ) सुखम् (सुखपूर्वक) आस्ते (बसिरहन्छ) ।

सबै कर्महरुलाई, बाहिरबाट होइन, भित्रै मनले ईश्वर अर्पण गरेर जितेन्द्रिय र देहधारी मानिस नौ ढोकाको यस शरीररुपी शहरमा न केही गर्छ, न केही गराउँछ, सुखपूर्वक बसिरहन्छ ।। १३ ।।
====व्याख्या====
भगवान् श्रीकृष्णले गीतामा जुन समन्वयात्मक सिद्धान्त प्रतिपादन गर्नु भएको छ, त्यो बडो क्रान्तिकारी छ । परमात्माले कर्तृत्व, कर्म, र कर्मफल संयोग केही सिर्जना गर्नु हुन्न । बरु यी सबै स्वाभाविक रुपमा प्रवर्तन हुन्छ । परमेश्वरले कसैको पुण्य कर्म पनि लिनुहुन्न र पापकर्म पनि । अज्ञानद्वारा ज्ञान ढाकिएकोले मानिसहरु मोहित भइरहेका छन् । तर जसको त्यो अज्ञान आत्मज्ञानद्वारा नष्ट भएको छ, उनीहरुको त्यो ज्ञान सूर्यवत् त्यस परमात्मालाई प्रकाशित गरीदिन्छ । कर्मसन्न्यास र कर्मयोगलाई समन्वित गरेर भगवान् श्रीकृष्णले जुन बाटो बताउनु भयो त्यस अनुसार कर्म गरेमा कर्मत्याग र कर्म गर्नु सारमा एउटै हुनजान्छ।

योगयुक्त कर्मयोगीले इन्द्रिय, मन, बुद्धि, शरीरद्वारा पनि आसक्ति र घमण्डलाई त्यागेर आत्मशुद्धिका लागि कर्म गर्छन् । जबकि अयुक्त मानिस कामनाको प्रेरणाले फलमा आसक्त भएर अहंकारपूर्वक कर्म गर्छन् । मानिसको कामलाई उसको अहंकारले नै घटाउने वा बढाउने काम गर्छ ।

एउटा स्याल बिहान शिकारको खोजीमा निस्क्यो । बिहानको उज्यालोमा उसले देख्यो उसका छायाँ निकै ठूलो छ । चउर भरि फिजारिएको । सोच्यो– ‘ओहो, आजको भोक त एउटा हात्ती मारेर खाएपछि मात्र मेटिन्छ ।’

हात्तीको खोजीमा निस्क्यो । धेरै बेर डुल्दा पनि शिकार भेटिएन । तबसम्म घाम माथि आइपुग्यो । भुईंको छायाँ अलिकति सानो भएछ । अनि सोच्न थाल्यो– ‘अब त एउटा हरिणले पनि अघाउन सकिन्छ ?’

दोपहर भरि डुल्दा घाम आकाशको बीचमा पुगेछ ।

उसले न हात्ती भेट्यो न हरिण ।

छायाँ पनि घटेर सानो भएछ । अनि सोच्न थाल्यो– ‘चरो भेटिए पनि त हुन्थ्यो । खान पाइन्थ्यो ?’

सकाम मानिसले ईसपको स्याल जस्तै हो जसले आफ्नो छायाँको आधारमा आफ्नो मूल्याङ्कन गर्छ । उसले आफ्नो शरीरको, मनको, बुद्धिको आधारमा आफूलाई ठूलो सानो ठान्छ ।

अन्तःकरणलाई वशमा राख्ने मानिस नौ ढोके यस घरमा मालिक बसे झैं सुखले बस्छ किनभने उसले इन्द्रियबाट काम गराउँछ ।

शरीरलाई दार्शनिक हरुले अनेक प्रकारले व्याख्या गर्दछन् । बाह्य शरीर र आन्तरिक शरीर । स्थूल, सूक्ष्म र कारण शरीर ।
अध्याय ७, अध्याय १३ र अध्याय १५ मा पनि शरीरको व्याख्या छ । अध्याय १३ मा यसको विस्तृत व्याख्या छ । यहाँ नौ ढोकाको घर भनिएको छ । यी ढोकाहरु यस प्रकार छन्– दुई आँखा, दुई कान, नासिकाका दुई छिद्र, मुख, उपस्थ र गुदा ।

न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभुः ।

न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते ।। १४ ।।
====पदच्छेद र शब्दार्थ====
प्रभुः (परमात्माले) लोकस्य (संसारको) न (न) कर्तृत्वम् (कर्तृत्व, काम गर्ने, अह्राउने) न (न) कर्माणि (कर्महरु) न (न) कर्मफलसंयोगम् (कर्मफलको संयोग) सृजति (सृजना गर्छ) तु (बरु) स्वभावः (स्वाभाविक रुपमा, आफैं) प्रवर्तते (यो सब प्रवर्तन हुन्छ) ।

परमात्माले संसारको कर्तृत्व, कर्म, र कर्मफल संयोग केही सिर्जना गर्नु हुन्न । बरु यी सबै स्वाभाविक रुपमा, आफैं घटित हुन्छ ।।१४।।

नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभुः ।

अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः ।। १५ ।।
====पदच्छेद र शब्दार्थ====
विभुः (सर्वव्यापक परमेश्वर) न (न) आदत्ते (लिनुहुन्छ) कस्यचित् (कसैको) पापम् (पाप) च एव (तथा) न (न) सुकृतम् (पुण्य) अज्ञानेन (अज्ञानले) आवृतम् (ढाकिएको छ) ज्ञानम् (ज्ञान) तेन (त्यसले) जन्तवः (अज्ञानी जनहरु) मुह्यन्ति (मोहित भएका छन्) ।

सर्वव्यापक परमेश्वर, ले कसैको पुण्य कर्म पनि लिनुहुन्न र पापकर्म पनि । अज्ञानको पर्दा अर्थात् मायाले ज्ञान ढाकिएको हुँदा अज्ञानीजनहरु मोहित भएका छन् ।। १५ ।।
====व्याख्या====
घरको वास्तविक मालिकले के गर्छ त्यो कुरा यी श्लोकमा बताइएको छ । गीताले के मान्दछ भने परमात्मा, शरीररुपी घरको वास्तविक मालिक, ले कर्तृत्व र कर्म, र कर्मफल संयोग केही सिर्जना गर्नु हुन्न । बरु यी सबै आफैं प्रवर्तन हुन्छ । जसले जे गर्छ सो अनुसारको प्रतिफल स्वतः प्राप्त गर्छ । यही ईश्वरीय नियम हो । विभुको अर्थ हो आकाश, जसरी बादल हुँदा वा नहुँदा, सूर्य हुँदा वा तारा हुँदा आकाशको स्वरुप एकनासको रहन्छ। धुवाँले उसलाई कालो गराउन सक्दैन, पानीले चिसो गराउन सक्दैन, ईश्वरीयतामा पनि यही गुण छ । त्यसैले आकाश जस्तो सर्वव्यापी ईश्वरले कसैको पुण्य कर्म पनि लिनुहुन्न र पापकर्म पनि लिनु हुन्न । अज्ञानद्वारा ज्ञान ढाकिएकोले मानिसहरु मोहित भइरहेका हुन्छन् अर्थात् मायाले मोहित भएर मानिसहरु मोहित भएका हुन्छन् ।

ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।

तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ।। १६ ।।
====पदच्छेद र शब्दार्थ====
तु (तर) आत्मनः ज्ञानेन (आत्मज्ञानद्वारा) येषाम् (जसको) नाशितम् (नष्ट भएको छ) तत् (त्यो) अज्ञानम् (अज्ञान, मोह) तेषाम् (तिनीहरुका लागि) तत् (त्यस) ज्ञानम् (ज्ञानले) परम् (परम तत्त्व, परमात्माले) आदित्यवत् (सूर्यवत्) प्रकाशयति (प्रकाशित गरीदिन्छ) ।

तर आत्मज्ञानद्वारा जसको त्यो अज्ञान नष्ट भएको छ, तिनीहरुका लागि त्यस ज्ञानले नै परम् तत्त्वलाई सूर्यवत् प्रकाशित गरीदिन्छ ।।१६।।

तद्बुद्धयस्तदात्मानस्तन्निष्ठास्तत्परायणाः ।

गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषाः ।। १७ ।।
====पदच्छेद र शब्दार्थ====
तत्बुद्धयः (जसको बुद्धि परम् तत्त्व अनुरुप भएको छ) तत् आत्मानः (जसको मन त्यसै अनुरुप भएको छ) तत् निष्ठाः (जसको निष्ठा त्यसैमा छ) तत् परायणाः (तत् परायण छ) ज्ञाननिर्धूतकल्मषाः (उनीहरुका पाप ज्ञानले पखालिन्छन्) अपुनरावृत्तिम् (र फेरि फर्कन नपर्ने, परम गति) गच्छन्ति (जान्छन्, प्राप्त गर्छन्) ।

जसको बुद्धि पनि परमतत्त्व जस्तो भएको छ जसको मन त्यसै परम् तत्त्व अनुरुप भएको छ, र सोही परम् तत्त्वमा जसको निष्ठा भई,तत्परायण भएको छ, तिनीहरुका पाप ज्ञानले सबै पखालिन्छन् र तिनीहरुले फेरि फर्कन नपर्ने गति अर्थात् परम्गति प्राप्त गर्छन् ।।१७।।
====व्याख्या====
परमात्माले केही नगरे पनि उहाँको उपस्थिति भने चाहिन्छ । जसरी आमा नजीक छ भने सानो बच्चा खेलिरहन्छ । आमा उठेर हिंड्ना साथ त्यो पनि खेल्न छोडेर आमासंग हिंड्न थाल्छ । सृष्टिको खेल परमात्माको उपस्थितिमा सम्पन्न हुन्छ । अबुझहरुले यो कुरा चाल पाउँदैनन् । तर जसको मन तद् अनुरुप भएको छ, जसको बुद्धि त्यसैमा रंगिएको छ र जसको निष्ठा त्यस परमात्मामा छ, उसले अपुनरावृत्ति गति प्राप्त गर्छ । अपुनरावृत्तिको फेरी फर्कनु नपर्ने वा फेरी जन्म लिनु नपर्ने गति, जसलाई परमगति पनि भनिन्छ ।

विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि ।

शुनि चैव स्वपाके च पण्डिताः समदर्शिनः ।। १८ ।।
====पदच्छेद र शब्दार्थ====
पण्डिताः (ज्ञानीजन) विद्याविनय (विद्या र विनयले) सम्पन्ने (सम्पन्न) ब्राह्मणे (ब्राह्मणमा) गवि (गाईमा) च (तथा) हस्तिनि (हात्तीमा) च (तथा) शुनि (कुकुर) एव स्वपाके (चाण्डालमा पनि) समदर्शिनः (समदर्शी हुन्छन् ) ।

पण्डित अर्थात् ज्ञानी जनको दृष्टिमा विद्या र विनयले सम्पन्न ब्राह्मण, गाई, हात्ती, कुकुर र चण्डाल यी सबै एउटै हुन्, किनभने उनी सबैको विषयमा समदर्शी हुन्छन् ।। १८ ।।

इहेव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।

निर्दोषं हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिताः ।।१९ ।।
====पदच्छेद र शब्दार्थ====
येषाम् (जसको) साम्ये (साम्य अवस्थामा) स्थितम् (स्थित छ) मनः (मन) इह एव (यस अवस्थामा नै) तैः (उनीहरुले) सर्ग (सम्पूर्ण संसार) जितः (जितेको छ) निर्दोषम् (निर्दोष छ) हि (किनभने) समम् (सम) ब्रह्म (ब्रह्म) तस्मात् (त्यसैले) ब्रह्मणि (ब्रह्ममा) ते (तिनीहरु) स्थिताः (स्थित छन्) ।

अनि जसको मन साम्य अवस्थामा स्थिर छ तिनीहरुले यस अवस्थामा नै सम्पूर्ण संसार जितेका छन् अर्थात् जीवित नै उनीहरु मुक्त भइसकेका छन् किनभने परब्रह्म निर्दोष तथा सम छ त्यसैले ती साम्यबुद्धि भएका मानिस ब्रह्मभूत, ब्रह्मस्वरुप हुन्छन् ।।१९।।
====व्याख्या====
विद्याको अर्थ हो ज्ञान र सूचना तथा विनयको अर्थ हो नैतिक प्रशिक्षण । प्राचीन शास्त्रहरुमा– दर्शन, वेद, अर्थशास्त्र, तथा दण्डनीति यी चार कुराको ज्ञान लाई विद्या भनिएको छ । विनयको अर्थ हो सीप र नैतिकता । जो वेद, दर्शन, अर्थशास्त्र, दण्डनीति सबैमा पारंगत छ, जसले जीवनलाई आवश्यक विभिन्न प्रकारका सीप, नैतिक आचरण व्यवहार कुशलताको प्रशिक्षण लिएको छ, यदि त्यस व्यक्तिले ब्राह्मण, गाई, हात्ती, कुकुर र चाण्डाल सबैसँग एक नास छ, अर्थात् सबैमा एउटै परमात्मा देख्छ, ऊ समदर्शी हो ।
ब्राह्मणको अर्थ हो ब्रह्मज्ञानी, गाईको अर्थ हो श्रेष्ठतम पशु, हात्तीको अर्थ हो बलशाली पशु, र चाण्डाल भनेको चार वर्णभन्दा पनि निम्नतम सामाजिक स्तरको व्यक्ति, अन्त्यज । बौद्ध ग्रन्थहरुमा यसलाई पाँचौं वर्ण नाम दिइएको छ ।
यी सबैको सांकेतिक अर्थ पनि छ श्रेष्ठतम मानिस होस् कि निकृष्टतम, श्रेष्तम पशु होस् कि निकृष्टतम, अरुको नियन्त्रणमा रहने होस् कि नहोस् सबैमा एउटै ईश्वर सर्वत्र छन् जसले यी सबैलाई समान देख्छ उही समदर्शी हो ।समदर्शिता ज्ञानीको एक महत्त्वपूर्ण गुण हो ।

एउटा शिष्य गुरुका लागि भिक्षा लिन बस्ती तिर हिंडिरहेको समयमा एउटा माहुते करायो– यो हात्ती बहुलाएको छ । कृपया बाटो छोड।

शिष्यले सोच्यो गुरुले सबैमा नारायण देख्नु पर्छ भन्नी उपदेश दिनु भएको छ । आज हात्तीमा नारायण छ कि छैन परीक्षा गर्छु ।
माहुते कराउँदा पनि शिष्य बाटोमा उभिएर हेरिरह्यो । हात्ती कराउँदै आएर शिष्यलाई उचालेर फाल्यो । शिष्य घाइते भएर आश्रम पुग्यो ।

गुरुले सोधे– के भयो ।

शिष्यले घटनाको बेलि विस्तार लाउँदै भन्यो– हजुरले सबैमा नारायण छ भन्नु हुन्थ्यो । मैले हात्तीमा नारायण देखेको थिएँ तर हात्तीले मलाई घाइते बनायो ।

गुरुले भने– तिमीले माहुते भित्रको नारायण देखेनौ ? उसले पनि त तिमीलाई बाटो छोड्न भनेको थियो नि ?

परमहंस रामकृष्णका शिष्यहरुले उनीसंग ब्रह्म ज्ञान के हो भनी बारम्बार जिज्ञासा गरे । तर उनी तर्कन्थे र उत्तर दिँदैनथे । प्रायः रामकृष्णले सोधेका कुराको जवाफ तत्काल दिने गर्थे । सितिमिति मौन राख्ने गर्दैनथे । तर ब्रह्म ज्ञान जस्तो जटिल विषयमा उनले प्रवेश गरेनन् ।

केही दिनपछि परमहंस रामकृष्ण प्रश्नकर्ता शिष्यका साथ कतै जाँदै थिए । बाटोमा उनले एक जना क्षुधार्त मानिस पातमा राखेको भात तर्कारीलाई बडो एकाग्रचित्त भएर खाइरहेको देखे। संगै एउटा कुकुर थियो । उसले पनि त्यसै पातको खाना रुचिपूर्वक खाइरहेको थियो ।

आफ्ना शिष्यहरुतिर फर्केर भने– तिमीहरुले ब्रह्म ज्ञान के हो भनेका थियौ नि ? त्यही हो, ब्रह्म ज्ञान । त्यस मानिसले आफू र त्यस जनावरका बीचमा कुनै फरक गरेको छैन ।

दुवैले एकत्व भावले पातमा खाना खाइरहेका छन् । संसारका हरेक वस्तुमा यो एकत्व भाव उत्पन्न हुनु नै ब्रह्म ज्ञान हो । पूर्ण समदर्शी हुनु नै ब्रह्मभूत हुनु हो ।

न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।

स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद्ब्रह्मणि स्थितः ।।२०।।
====पदच्छेद र शब्दार्थ====
प्रहृष्येत् (खुशी) न (हुँदैन) प्रियम् (प्रिय, मन पर्ने कुरा) प्राप्य (प्राप्त गरेर) उद्विजेत् (उत्तेजित खिन्न ) न (हुँदैन) प्राप्य (प्राप्त गरेर) च (तथा) अप्रियम् (अप्रिय) स्थिरबुद्धिः (स्थिरबुद्धि) असम्मूढः (मोहबाट मुक्त) ब्रह्मवित् (ब्रह्मवित्) ब्रह्मणि (ब्रह्ममा) स्थितः (स्थित छ) ।

जो प्रिय कुरा अर्थात् इष्ट प्राप्त गरेर खुशी हुँदैन र अप्रिय अर्थात् अनिष्ट प्राप्त गरेर खिन्न हुँदैन, यसरी जसको बुद्धि स्थिर भएर मोहबाट मुक्त भएको छ, त्यसलाई ब्रह्ममा स्थित भएको बुझ्नु पर्छ ।। २० ।।

बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम् ।

स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते ।।२१ ।।
====पदच्छेद र शब्दार्थ====
बाह्यस्पर्शेषु (स्पर्श, रुप आदि बाह्य विषयको संयोगमा) असक्त (आसक्तिरहित) आत्मा (मन, अन्तःकरण) यत् (जुन) आत्मनि सुखम् (आत्मसुख) विन्दति (प्राप्त हुन्छ) सः (त्यस) ब्रह्मयोग युक्त (ब्रह्ममा युक्त) आत्मा (मानिस, साधकले) सुखम अक्षयम् (अक्षय सुख) अश्नुते (उपभोग गर्छ) ।

स्पर्श, रुप आदि बाह्य विषयको संयोगमा जसको मन आसक्त छैन, त्यसले नै आत्मसुख प्राप्त गर्छ । त्यस ब्रह्ममा युक्त मानिसले अक्षय सुखको उपभोग गर्छ ।। २१ ।।
====व्याख्या====
यहाँ प्रियको अर्थ हो इन्द्रियका क्षणिक सुख, सुखको आभास । यस्तो क्षणिक इन्द्रिय सुख प्राप्त गरेर जो मक्ख पर्दैन र इन्द्रियका सुखबाट वंचित हुनुपर्दा दुखी र उत्तेजित हुँदैन त्यस्तो मानिसलाई स्थिरबुद्धि भनिन्छ ।

स्थिर बुद्धि भए पछि मानिस स्वतः संशयरहित हुन्छ । यी दुवै कुराले उसलाई ब्रह्ममा स्थित बनाउँछन् । ब्रह्मको अर्थ हो सच्चिदानन्दघन परमात्मा, सुखको अनन्त सागर ।

हामी सबैलाई त्यो सुख राम्रो गरी थाहा छ जुन अरुको कारणले प्राप्त हुन्छ । पति पत्नीको सुख, सन्तानको सुख, धन प्राप्तिको सुख ।

जुन सुख अरुको कारणले प्राप्त हुन्छ, त्यो क्षणिक हुन्छ । जुन कारणले त्यो सुख प्राप्त भएको छ, त्यसको विपरीत कारणले त्यो सुख दुखमा बदलिन जान्छ । सन्तानको कारणले प्राप्त सुख त्यसबेला दुखमा बदलिन्छ जब त्यही सन्तानले हेला गर्छ । योग्य सन्तानले सुख दिए जस्तै अयोग्य सन्तानले दुख दिन्छ । सन्तान वृद्धिले सुख प्राप्त हुन्छ भने सन्तानको अभावले दुख प्राप्त हुन्छ । जुन पति वा पत्नीले सुख प्राप्त भएको छ उसले विश्वासघात गरेका थाहा पाउना साथ दुखमा रुपान्तरण भइदिन्छ । प्रेमीलाई देख्ना साथ प्रफुल्ल हुने प्रेमिका आफ्नो प्रेमीलाई अर्को युवतीसंग लहसिएको देख्ना साथ रीस, डाहाढ र अवसादले ग्रस्त हुनजान्छे ।

तर कहिल्यै नघट्ने अक्षय सुख कसरी प्राप्त हुन्छ ? गीतामा त्यो कुरा बताइएको छ । जो प्रिय प्राप्त गरेर हर्षित र अप्रिय प्राप्त गरेर दुखी हुँदैन, जसलाई दुवै कुरा क्षणिक हुन् भन्ने थाहा छ, र इन्द्रियहरु नियन्त्रण गरेको छ, उसले मात्र सत्, चित, र आनन्दको अनुभव गर्न सक्छ । यसको अर्थ के हो भने हामीले प्राप्त गर्ने क्षणिक आनन्द पनि परमात्माको अनुभूति हो । अन्य सुखहरु आन्तरिक सुखका प्रस्फुटन मात्र हुन् । यस्तो आफ्नै अधिकारमा भएको सुख केवल त्यसले अनुभव गर्छ जसले ब्रह्म जानेको छ ।

जसले ब्रह्म जान्दछ उसलाई ब्रह्मवित् भनिन्छ । जो ब्रह्मवित् हो, ऊ ब्रह्म नै हो । जसले सच्चिदानन्दघन परमात्मालाई जान्दछ ऊ परमात्मा हो । जो मानिस अन्तरात्मामा नै सुखी छ, अन्तरात्मामै रमाउँछ तथा जो आत्मामा ज्ञान वाला छ त्यो ब्रह्मका साथ एकीभाव भएको योगीले ब्रह्मनिर्वाण अर्थात् परम शान्ति प्राप्त गर्छ । यस्तो सुख अनुभव गरेको मानिसलाई फेरि कसैले दुखी बनाउन सक्दैन ।

ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते ।

आद्यन्तवन्त कौन्तेय न तेषु रमते बुधः ।।२२।।
====पदच्छेद र शब्दार्थ====
कौन्तेय (हे कौन्तेय) ये (जुन) संस्पर्शजा (इन्द्रिय संयोगको स्पर्शले प्राप्त हुने) भोगा (भोग) एव हि (नै) दुःखयोनय (दुखका कारण हुन्) ते (तिनीहरु) आदि अन्तवन्त (आदि र अन्तवत्, क्षणभंगुर छन्) बुधः (बुद्धिमान मानिस) तेषु (तिनीहरुमा) न रमते (रमाउँदैन) ।

हे कौन्तेय, जुन इन्द्रिय संयोगको स्पर्शले प्राप्त हुने भोग छन्, तिनीहरु नै दुखका कारण हुन्। यी सबै सुख र दुखको भोगको आदि र अन्त छ अर्थात् यी सबै क्षणभंगुर छन् । बुद्धिमान मानिस तिनीहरुमा रमाउँदैन अर्थात् आसक्त हुँदैनन् ।।२२।।
====व्याख्या====
हामीले जसलाई सुख भनी बुझ्छौं गीताले त्यसलाई सुखको आभास भनेको छ अर्थात् सुख त्यो हो जुन आउना साथ समाप्त हुन थाल्छ । यो सुखको भ्रम हो । यस्तो सुख इन्द्रिय र त्यसको संयोगमा आधारित हुन्छ । जस्तै खानाको स्वाद भोक र भोजनको संयोगमा आधारित हुन्छ । भोको मान्छेले डाँडा वारी खाउँ भन्छ, अघाएकाले डाँडा पारी खाउँ भन्छ । एउटाले अहिले भर्खरै सुख पाउँछ भने अर्कालाई भर्खरै त्यसमा सुख छैन ।

हाम्रा सुख आफैंमा स्वतन्त्र छैनन् अरुमा आधारित छन् । प्रेमीको सुख प्रेमिकामा, पत्नीको सुख पतिमा, पिताको सुख पुत्रमा, मित्रको सुख मित्रमा आधारित छन् । प्रत्येकको सुख एक अर्कामा आश्रित छ । एउटाले गरेको काम अर्काले चाहे अनुसार भयो भने सुख हुन्छ, अन्यथा दुख ।

त्यसैले हामीले अनुकूल अवस्था पाउँदा सुख अनुभव गर्छौं । तर कुनै पनि अनुकूल अवस्थाले सधैं भरि सुख दिएको हुन्न । जाडोमा सुख दिने घामले गर्मीमा पोल्छ । फेरि संसारमा सबैको आफ्नो स्वतन्त्र अस्तित्त्व छ । हामीले जो सँग आफ्नो अनुकूल खोज्छौं उसले पनि आफ्नो अनुकूल खोज्छ । सधैं दुवैका सुख अनुकूल रहन्छन् भन्न सकिन्न ।

यो सबै कुरा बुझ्नु नै बुद्धिमान हुनु हो ।

शक्नोतीहैव यः सोढुं प्राक्शरीरविमोक्षणात् ।

कामक्रोधोद्भवं वेगं स युक्तः सुखी नरः ।। २३ ।।
====पदच्छेद र शब्दार्थ====
प्राक्शरीरविमोक्षणात् (शरीर छुट्नु अघि, मृत्यु हुनु अघि) यः (जसले) कामक्रोध (काम र क्रोधले) उद्भवम् (उत्पन्न) वेगम् (वेग, तीव्रता) सोढुम् (सहन गर्न) शक्नोति (सक्छ) इह (यस शरीरमा) सः (त्यो) नरः (मानिस) एव (नै) युक्तः (योगी हुन्छ) सुखी (सुखी हुन्छ) ।

शरीर छुट्नु अघि नै जसले काम र क्रोधले उत्पन्न वेगलाई सहन गर्नसक्ने शक्ति आर्जन गरेको हुन्छ, त्यो मानिस नै योगी (कर्मयोगी) हो । त्यो मानिस नै वास्तवमा सुखी हो ।।२३।।

योऽन्तःसुखोऽन्तरारामस्तथान्तज्र्योतिरेव यः ।

स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूतोऽधिगच्छति ।। २४ ।।
====पदच्छेद र शब्दार्थ====
यः (जुन मानिस) अन्तःसुखः (अन्तकरणमा सुखी) अन्तःआरामः (आफैमा रमाउँछ, आन्तरिक आराम पाएको) तथा (तथा) अन्तः ज्योतिः (आन्तरिक प्रकाश भएको) यः (जो) सः (त्यो) योगी (कर्मयोगी) एव (नै) ब्रह्मभूतः (ब्रह्मरुपको) ब्रह्मनिर्वाणम् (ब्रह्म निर्वाण, परम शान्ति) अधिगच्छति (जान्छ, प्राप्त गर्छ) ।

बाह्यसुखको अपेक्षा नगरेर जुन मानिस अन्तःकरणमा सुखी छ, आफैंमा रमाउँछ, तथा जसले भित्री ज्योति पाएको छ, त्यो कर्मयोगी नै ब्रह्मरुप हुन्छ, र त्यसले नै ब्रह्म निर्वाणरुप परमशान्ति पाउँछ ।।२४।।
====व्याख्या====
परमात्माको आनन्दलाई जसले अनुभव गर्यो उसलाई जीवनका ठूला ठूला दुखले पनि विचलित गराउँन सक्दैन ।

सूफी सन्त मन्सूर अल हल्लाज एक ब्रह्म निर्वाण प्राप्त फकीर थिए । जसले सूफी मत अनलहक अर्थात् अहं ब्रह्मास्मि को प्रतिपादन गरे । मन्सूरले ईश्वरलाई प्रियतमको रुपमा प्रतिष्ठित गरे । उनीमाथि कुफ्र बोलेको आरोपमा आठ वर्ष कारागारमा राखे । तर उनी आफ्नो अहं ब्रह्मास्मि, म नै ईश्वर हूँ, भन्ने विचारमा अडिग रहे । फलस्वरुप उनलाई ईश्वर विरोधी घोषित गरेर मृत्युदण्ड दिइयो ।

युवाहरुलाई चरित्रहीन बनाउन प्रेरित गरेको तथा नास्तिकताको प्रचार गरेको आरोप उनीमाथि लगाइएको थियो ।

उनका अनेक प्रशंसक पनि थिए । कारागारमा रहँदा केही शुभेच्छुकले जेलबाट भागेर जाने सल्लाह पनि दिए ।

सोक्रेटीजले आफ्ना शिष्यहरुलाई भन्ने गर्थे– ज्ञान पवित्रतम वस्तु हो तर यसलाई ठीक तरीकाले लिनु पर्छ । राम्ररी जाँचेर आफूले बुझेर अनुभव गरेर मात्र त्यसमा विश्वास गर्नु पर्छ ।

सादा जीवनका पक्षपाती सोक्रेटीजले सत्यका पक्षमा वादविवाद गर्न हरदम तैयार थिए । एकोहोरो उपदेश दिने पक्षमा उनी थिएन । प्रश्न गर्न र शंका गर्न लगाउँथे र त्यसको उचित जवाफ दिन्थे ।
सोक्रेटीजलाई मृत्युदण्ड दिनु अघि कोर्रा हिर्काइयो । ढुङ्गा हिर्काइयो । हात खुट्टामा काँटी ठोकियो ।

यस पछि ह्यामलक विष दिइएको थियो । यसलाई सोक्रेटीजले सहर्ष स्वीकार गरे, मुखमा चिन्ताको सानो रेखा पनि देखिएन । ह्यामलक हलाहल जस्तै मृत्युकारक तेज विष मानिन्छ।

उसका शिष्य प्लेटोले आफ्ना गुरुको अन्तिम उपदेश बारेमा गरेको उल्लेख नै आज सोक्रेटीजको ज्ञानको आधार बनेको छ ।

सोक्रेटीजको अन्तिम भनाई यस्तो थियो– तपाईंहरुले मलाई भागेर जाने जुन सुझाव दिनु भएको छ, त्यसको मैले सम्मान गर्छु । मर्न कोही पनि चाहँदैन । यो सही कुरा हो । तर यो कुरा केवल उनीहरुका लागि सही हो जसले यस शरीरलाई मात्र अन्तिम ठान्दछन् । तर यस शरीरको जुन मालिक छ त्यो अजर अमर छ । उसले यस्ता शरीर बारम्बार धारण गर्छ । त्यसलाई कसैले मार्न सक्दैन । मेरो नश्वर शरीरले आफ्नो सीमा समाप्त गरेको छ । हिंड्दा हिंड्दा म थाकेको छु । म निदाए पछि मलाई राम्ररी चादरले ढाकिदिनु ।

सोक्रेटीजले विषपान गर्दा शिष्यहरु रोइरहेका थिए । तर उनी निश्चिन्त भई चिर निद्रामा सुते ।

कहिल्ये नाश नहुने यस्तो आनन्दलाई आध्यात्मिक साहित्यले आत्मारामी, आफैंमा सुखी, भनेको छ । आत्मरति र आत्मारामीमा अन्तर छ । आत्मरतिमा सुखको कल्पना मात्र हुन्छ तर आत्मारामीमा भित्र सुखको अनन्त सागर उपलब्ध हुन्छ । यो पूर्णतृप्तिको अवस्था हो । त्यसपछि मृत्यु भन्ने कुरा रहँदैन । यस शरीरमा रहेर नै मुक्त हुनजान्छ ।

लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषाः ।

छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ।। २५।।
====पदच्छेद र शब्दार्थ====
ऋषयः (जुन ऋषिहरु, ब्रह्मवेत्ताका) द्वैधाः (द्वन्द्व भाव, संशय) क्षीण (नष्ट भएका छन्) कल्मषाः (पापहरु) छिन्न (छिन्न भिन्न भएका छन्) यत आत्मानः (आत्म संयमी छन्) सर्वभूत (सबै प्राणीको) हिते (हितमा) रताः (लागिपरेका छन्) ब्रह्मनिर्वाणम् (तिनीहरुले ब्रह्मनिर्वाण) लभन्ते (प्राप्त गर्छन्) ।

जुन ऋषिहरुका सबै द्वन्द्व भाव अर्थात् संशयहरु छिन्नभिन्न भएका छन्, जसका सबै पाप नष्ट भएका छन्, जो आत्मसंयमी छन् तथा जो सबै प्राणीको कल्याणमा लागिपरेका छन्, तिनीहरुले ब्रह्म निर्वाणस्वरुप मोक्ष प्राप्त गर्छन् ।। २५ ।।
====व्याख्या====
वेदमा ब्रह्मलाई अशब्दम्, अस्पर्शम्, अरूपम्, अव्ययम् भनेको छ । त्यसैले, ब्रह्म शब्दातीत हुन्छ । ब्रह्मको अस्तित्व वा अनस्तित्वलाई शब्दले परिभाषित गर्न सकिंदैन । ब्रह्मका हात खुट्टा आँखा, कान, र मुख सर्वत्र छन् । यसको उत्पत्ति पनि हुँदैन, क्षय पनि हुँदैन र त्यसको विकास पनि हुँदैन । कसैले यसको व्याख्या गर्न पनि सक्दैन । शून्यको पनि शून्य हो ।

ब्रह्म दुईवटा पनि हुँदैन । ब्रह्म एउटै छ । जुन कुराको केवल एउटा अस्तित्व छ, अर्को छैन त्यसलाई के भन्ने ? जस्तै आकाश केवल एक छ, सूर्य केवल एक छ । केवल एक भएको वस्तुलाई एउटा मात्र छ भन्नु पनि निरर्थक हो । त्यही कुरा ब्रह्मका लागि हो । त्यसैले यसलाई केवल छ भनिन्छ, एउटा मात्रै छ भनिँदैन ।

शारीरक भाष्यका अनुसार ब्रह्म भनेको सर्वव्यापक आत्मा र विश्वको बीज शक्ति हो जुन यस दृश्यमान संसारको निमित्त र उपादान कारण हो । यही त्यो मूलतत्त्व हो जसबाट संसारका सबै कुरा उत्पन्न हुन्छन् र त्यहीं सबै कुरा अन्तमा विलीन हुनजान्छन् ।

आधुनिक विज्ञानले पनि के स्वीकार गर्छ भने पृथ्वीको उत्पत्ति अन्तरिक्षबाट भएको हो र अन्तमा त्यहीं बिलाउँछ । सूर्य चन्द्र आदि पनि त्यहीं बिलाउँछन् ।

यो सम्पूर्ण सृष्टि अन्तमा जहाँ बिलाउँछ त्यो ब्रह्म हो । त्यो परम शून्य हो । त्यसैले यसलाई निर्गुण र निराकार भनिन्छ । वेदको नासदीय सूक्तले त्यस अवस्थालाई सत् र असत् दुवैबाट पर, अँध्यारो र उज्यालो दुवैबाट फरक बताउँछ ।

ब्रह्मको व्याख्या उपनिषद्हरुले अत्यन्त विस्तारले गरेका छन् । ऐतरेय ३.३ अनुसार प्रज्ञानं ब्रह्म । [[बृहदारण्यक उपनिषद्]] ४.४.५ मा अयमात्मा ब्रह्म, १.४.१० मा तत्त्वमसि र [[छान्दोग्य उपनिषद्|छान्दोग्य]] ६.८.७ मा सर्वं खल्विदं ब्रह्म भनिएको छ । तैत्तिरीय उपनिषद् मा सत्यं ज्ञानं अनन्तं ब्रह्म भनिएको छ ।

ब्रह्म नै एक मात्र नित्य सत्य हो । मुक्त भएपछि जीवन पनि ब्रह्म बन्छ । अन्तिम मुक्ति र जीवन्मुक्ति दुवै आत्माका अवस्थाहरू हुन् । जीवन्मुक्तिमा जीवले मुक्तिको आनन्द प्राप्त गर्छ भने निर्वाण मुक्तिमा जीव ब्रह्मवरूप हुन जान्छ । मुक्ति भए पछि जीवले आफ्नो स्वरूप छोडी ब्रह्मस्वरूप हुनपुग्छ ।

जसरी पानीको थोपा समुद्रमा पर्नासाथ समुद्र भइदिन्छ, त्यसै गरी जुन मानिसले ब्रह्मलाई जान्दछ ऊ ब्रह्ममय भइदिन्छ । ब्रह्ममय हुनु भनेको अनन्त आनन्दको स्रोत प्राप्त गर्नु हो।

जुनदिन भगवान् बुद्धले सम्बोधि प्राप्त गरे उनले त्यस बेला समाधिको आनन्दबाट बाहिर निस्कन चाहेनन् । उनी सात दिन सात रात एउटै अवस्थामा बसिरहे । यस अवस्थाबाट बाहिर निस्कने कि न निस्कने यसबारेमा सोच्न थाले । अनि सोचे, आफ्नो लागि होइन अब संसारका लागि यस आनन्दको अवस्थाबाट बाहिर निस्कनै पर्छ ।

त्यसैले बुद्धलाई मार विजेता भनिन्छ । उनले आफू भित्रका सबै अवगुण जितेका थिए। जसले यस अवस्थालाई प्राप्त गर्छ उसले आफूभित्रको लोकमहेश्वर जान्दछ । अब ऊ यस सृष्टिमा अनन्त (इनफाइनाइट) सरह हुन्छ ।

कामक्रोधवियुक्तानां यतीनां यतचेतसाम् ।

अभितो ब्रह्म निर्वाणं वर्तते विदितात्मनाम् ।। २६ ।।
====पदच्छेद र शब्दार्थ====
कामक्रोध (कामक्रोधले) वियुक्तानाम् (रहित, मुक्त भएका) यतचेतसाम् (आत्मसंयमी) विदितात्मनाम् (आत्म ज्ञानले युक्त भएका) यतीनाम् (वीतरागी, यतिहरु) अभितः (चारैतिरबाट) ब्रह्म निर्वाणम् (ब्रह्मनिर्वाण, परमानन्द, परम्शान्तिले) वर्तते (परिपूर्ण हुन्छन्) ।

कामक्रोधले रहित, आत्मसंयमी, आत्मज्ञानी यतिहरु नजीकै चारैतिरबाट ब्रह्मनिर्वाण अर्थात् परम् शान्तिले परिपूर्ण हुन्छन् ।।२६।।
====व्याख्या====
जसका सबै पाप नष्ट भएका छन्, जसका सबै संशयहरु छिन्नभिन्न भएका छन्, जो सबै प्राणीको कल्याणमा लागिपरेको छ, जसले आफूलाई जितेको छ, यसतो ब्रह्मवेत्ता ऋषिले ब्रह्म निर्वाण प्राप्त गर्छ ।
कामक्रोधबाट मुक्त भएका स्थिर चित्त, आत्मज्ञान प्राप्त गरिसकेको यति अर्थात् वीतरागी नजीकै चारैतिरबाट ब्रह्मनिर्वाणले परिपूर्ण हुन्छ । चारैतिर ब्रह्म निर्वाणले परिपूर्ण हुन्छ भनेको अर्थ हो जसरी माछाको चारैतिर पानीले परिपूर्ण छ, यति परमानन्दले परिपूर्ण हुन्छ। त्यो शान्ति र आनन्द कहिल्यै समाप्त हुँदैन, अनन्त सुखको सागर ।

ज्ञानले इष्ट सिद्धि हुन्छ । जसरी झिसमिसे अन्धकारमा कसैले डोरीदेख्दा मानिस सर्प भनेर झुक्किन्छ । ऊ डराउँछ । त्यसबाट डराएर भाग्न खोज्छ । यदि त्यसैबेला कसैले प्रकाश लिएर आउँछ । त्यसलाई लौ हेर यो सर्प होइन डोरी हो भन्छ भने यसबाट उसको डर हराउँछ । यहाँ यथास्थितिको ज्ञान प्राप्त हुनासाथ नै दुःखको निवृत्ति र सुखको प्राप्ति भयो। अज्ञान डोरीमा भासित सर्प हो र ज्ञान हुनासाथ भय, क्रोध सबै समाप्त भई स्वतः आनन्द प्राप्त हुन्छ ।

ब्रह्म निर्वाणको यो अवस्था नै परमानन्द र परमशान्तिको अवस्था हो ।

स्पर्शान्कृत्वा बहिर्बाह्यांश्चक्षुश्चैवान्तरे भ्रुवौः ।

प्राणापानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ ।। २७ ।।
====पदच्छेद र शब्दार्थ====
स्पर्शान् (इन्द्रियका विषय अर्थात् स्पर्श, शब्द आदिबाट) बहिः बाह्यान् (बाहिरकालाई बाहिरै, अलग) कृत्वा (गरेर) चक्षुः (आँखाहरुको) भ्रुवौः (भृकुटीमा) अन्तरे एव (बीचमा नै) नासा (नासिकामा) अभ्यन्तर चारिणौ (भित्र बाहिर विचरण गर्ने) प्राण अपानौ च (प्राण र अपान वायुलाई) समौ (सम, स्थिर) कृत्वा (गरेर) ।

इन्द्रियहरुको सुखदुखबाट अलग भएर भोगलाई बाहिरै निकालेर अर्थात् इन्द्रियहरुलाई दुखसुखका संयोगबाट अलग भएर, दुवै आँखी भौंको बीचमा दृष्टि स्थिर गरेर, नासिकामा बाहिर भित्र विचरण गर्ने प्राण र अपान वायुलाई स्थिर गरेर ... ।। २७ ।।

यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायणः ।

विगतेच्छाभयक्रोधौ यः सदा मुक्त एव सः ।। २८ ।।
====पदच्छेद र शब्दार्थ====
यः (जसले) इन्द्रिय (इन्द्रिय) मनः (मन) बुद्धिः (बुद्धि) यत (संयममा, नियन्त्रणमा राखेको) मोक्षपरायणः (मोक्षपरायण, मोक्षको आश्रय लिने) इच्छाभयक्रोधौ (इच्छा, भय र क्रोधहरु) विगत (छुटेका छन्) सः (त्यो) मुनिः (मुनि) सदा एव (सदा सर्वदा) मुक्त (मुक्त छ) ।

जसले इन्द्रिय, मन र बुद्धिलाई नियन्त्रणमा राखेको छ, जसका इच्छा, भय, र क्रोध सबै छुटेका छन्, त्यो मोक्षपरायण मुनि सदा सर्वदा मुक्त छ ।। २८ ।।
====व्याख्या====
यहाँ काम क्रोधबाट मुक्त हुने तीन विधि बताइएको छ–

एक, बाहिरका विषय भोगलाई बाहिरै गर्ने, अर्थात् सुखदुखको संयोगबाट अलग हुने अभ्यास गरेको, दुई,दुवै नेत्रलाई भृकुटीको मध्यमा स्थिर गराउने अर्थात् ध्यानमा एकाग्र हुने, तथा, तीन, प्राण र अपानवायुलाई सन्तुलनमा राख्ने । प्राण वायु भनेको भित्र तान्ने स्वास र अपान वायु भनेको बाहिर फाल्ने स्वास । यी दुवैको मध्यमा सन्तुलन राखेर जसले ध्यान गर्छ ।

जसलाई कुनै कुराको भय छैन, जसले कसैमा क्रोध गर्दैन, र जसका इच्छा समाप्त भइसकेका छन् । यसरी इन्द्रियहरु आफ्नो नियन्त्रणमा राख्दै मुक्ति बाहेक अन्य कुनै कुरा नचाहने मुनि सधैंभरिलाई मुक्त छ । यहाँ मुनिको अर्थ हो परमेश्वरको मात्र मनन गर्ने ।

भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम् ।

सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तिमृच्छति ।। २९ ।।
====पदच्छेद र शब्दार्थ====
मा (मलाई) यज्ञतपसाम् (सबै यज्ञ र तपहरुको) भोक्तारम् (भोग गर्ने) सर्वलोकमहेश्वरम् (सबै लोकको मालिक) सर्वभूतानाम् (सबै प्राणीहरुको) सुहृदम् (सुहृद्, परम उपकारी) ज्ञात्वा (जानेर, बुझेर) शान्तिम् (शान्ति) ऋच्छति (प्राप्त गर्छ) ।

जसले मलाई सबै यज्ञ र तपस्याहरुको भोग गर्ने सबै लोकको मालिक, सबै भूत प्राणीहरुको सुहृद् छ भन्ने राम्ररी बुझ्छ त्यस मानिसले नै शान्ति प्राप्त गर्छ ।।२९।।
====व्याख्या====
भगवान् कृष्णले भनेको म व्याकरणको सामान्य सर्वनाम शब्द होइन । यहाँ भनिएको म ब्रह्मको प्रतीक हो । जसमा सबै कुरा समावेश छ । त्यसमा तिमी, तपाईं, हामी, जगत्, अन्तरिक्ष सबै छ ।

त्यसैले त्यो म सबै यज्ञको भोक्ता हो । सबै लोकको महानतम् मालिक हो र सबै प्राणीहरुको स्वार्थरहित दयालु प्रेमी, मित्र पनि हो । जसले मलाई यस प्रकार बुझ्छ उसले नै शान्ति प्राप्त गर्छ ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे कर्मसन्न्यासयोगो नाम पञ्चमोऽध्यायः ।।
श्रीमद्भगवद्गीतारुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको कर्मसन्न्यासयोग नाम गरेको अध्याय पाँच समाप्त भयो ।।ॐ तत्सत् ।।

====सन्दर्भ====
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।

अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।

अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।

आचार्य, श्रीराम शर्मा, (सन् २०१०), गायत्री महाविज्ञान (तीन खण्ड), मथुरा ः युग निर्माण योजना ।

आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।

आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।

ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।

ऋग्वेद संहिता भाग १ र २, (वि.सं.२०६७), सम्पादक प्रसन्नचन्द्र गौतम, काठमाडौं ः कुलचन्द्र गौतम स्मृति संस्था ।

ओशो, (सन् १९८०), गीता दर्शन खण्ड २, पूना ःरेबेल बुक्स ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।

गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।

गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुर ः गीताप्रेस ।

ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौं ः नेपाल राष्ट्र बैंक ।

जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।

पन्थी, टीकाराम, (वि.सं.२०६५),सांस्कृतिक संवीक्षण, रूपन्देही ः विश्व हिन्दु महासंघ ।

ब्रह्मानन्द, (सन् २०००), श्रीरामकृष्ण उपदेश, नागपुर ः रामकृष्ण मठ ।

बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौं ः योगेन्द्रभक्त श्रेष्ठ ।

रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुर ः गीताप्रेस ।

शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।

h8ee4vwogn8qoqpmcl95r4uvfxibvcz
श्रीमद्भगवद्गीता द्वादश अध्याय
0
4157
18617
18614
2026-06-18T03:49:51Z
CommonsDelinker
37
Removing [[:c:File:Bhakta.jpg|Bhakta.jpg]], it has been deleted from Commons by [[:c:User:Krd|Krd]] because: No license since 10 June 2026.
18617
wikitext
text/x-wiki
====अध्याय बाह्र====
===भक्तियोग===
====अर्जुन उवाच====

एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।

ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः ।।१ ।।
===== पदच्छेद र शब्दार्थ =====
अर्जुन उवाच (अर्जुनले भने)

एवम् (यसरी) ये भक्ताः (जुन भक्तहरु) त्वाम् (तपाईंमा) सततयुक्ताः (निरन्तर युक्त छन्) च अपि (तथा) ये (जसले) अक्षरम् अव्यक्तम् (अविनाशी अव्यक्त निराकार ब्रह्मको) पर्युपासते (उपासना गर्छन्) तेषाम् (तिनीहरुमा) योगवित्तमाः (उत्तम योग वेत्ता) के (को हो) ।

अर्जुनले भने

यसरी एक थरी जो तपाईंमा निरन्तर युक्त छन् र अर्का थरी जसले अविनाशी अव्यक्त निराकार ब्रह्मको राम्ररी उपासना गर्छन् । तिनीहरु मध्ये उत्तम योग वेत्ता को हो ?१।।
===== व्याख्या =====
योगको अर्थ हो निरन्तर युक्त हुनु अर्थात् भजन, कीर्तन, सत्संग, स्वाध्याय इत्यादि जुनसुकै विधिबाट पनि आफूलाई ईश्वरसंग जोड्नु । तथा योगवित्तमाको अर्थ हुन्छ उच्चत्तम योग वेत्ता, सबभन्दा उच्च उपासक । योगयुक्त उपासकका तीन श्रेणी हुन्छन् । योगको सामान्य ज्ञातालाई योगवित्, योगको उच्चतर ज्ञान भएकोलाई योगवितर् तथा योगको उच्चतम ज्ञान भएकोलाई योगवित्तम हुन्छन् । ईश्वरलाई सर्वोत्तम विधिले जान्नेलाई योगवित्तम भनिन्छ । त्यसैले योग वित्तमको अर्थ हुन्छ– उत्तम उपासक ।

अर्जुनका यस प्रश्नको उत्तरमा यसका १९ श्लोकमा उत्तम उपासक अर्थात् भक्तको सविस्तार वर्णन गरिएको छ ।
===== श्रीभगवानुवाच =====
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते ।

श्रद्धया परयोपेतास्ते मे युक्ततमा मताः ।। २ ।।
===== पदच्छेद र शब्दार्थ =====
श्रीभगवान् उवाच (भगवान् श्रीकृष्णले भन्नु भयो)

मयि (ममा) मनः (मनलाई) आवेश्य (एकाग्र गरेर, लगाएर, एकनिष्ठ गरेर, अभ्यास गरेर) ये (जो) नित्ययुक्ताः (निरन्तरयुक्त भएर) परया श्रद्धया (परम श्रद्धापूर्वक) उपेताः (युक्त भएर) माम् (मेरो) उपासते (उपासना गर्छन्) ते (तिनीहरु) युक्ततमाः (उत्तम योगी हुन्) मे (मेरो) मताः (मत छ) ।

भगवान् श्रीकृष्णले भन्नु भयो –

ममा मनलाई एकाग्र गरेर निरन्तर ममायुक्त (ईश्वर भक्तिमा लागेका) ती भक्तजन परम श्रद्धाले युक्त भएर मेरो उपासना गर्छन् उनी उत्तम योगी हुन् भन्ने मेरो मत छ ।। २ ।।
===== व्याख्या =====
यस अध्यायमा मेरो भन्नुको अर्थ हो ईश्वरको साकार स्वरुप । बाललीला, अर्जुन, उद्धव र गोपीलाई उपदेश, नृत्यलीला, संगीत लीला, द्रौपदी उद्धार, युद्धबाट भाग्नु, अन्तमा आफ्नै वंशको संहार, यी भगवान् श्रीकृष्णका साकार स्वरुपको उदाहरण हो । यसरी आराधना र निराकार साधना ईश्वर आराधनाका दुई विधिहरु छन् तथापि साकार र निराकार साधनालाई पूर्ण रुपमा अलग गर्न सकिँदैन किनभने पूर्ण निराकार साधना गर्नेहरुले पनि केही न केही साकार साधना गर्दछन् । त्यसै गरी साकार पथका आकाङ्क्षीहरुले पनि केही न केही निराकार साधना गर्नै पर्छ ।

सुरुमा भगवान श्रीकृष्णले भन्नु भएको छ– एकाग्रचित्तले श्रद्धापूर्वक जसले मेरो ध्यान गर्छ त्यो नै उत्तम भक्त हो ।

आवेशको अर्थ हो एकाग्रतापूर्वक, एकनिष्ठ गर्नु, अथवा अभ्यास गर्नु । त्यसैले एक निष्ठ साकार स्वरुपको भक्ति गर्नेलाई यहाँ उत्तम योगी अर्थात् भक्त भनिएको छ ।

बुद्ध महावीरले बताएको साधना निराकार ईश्वरको साधना हो । शङ्कराचार्यको बाटो निराकार ब्रह्मको बाटो हो । खप्तडबाबाको साधना मुख्यतः निराकार साधना हो । कबीरदास रामका उपासक हुन् तर उनका राम निराकार छन् । सूरदासका कृष्ण तथा तुलसीदास र भानुभक्तका राम साकार छन् । बालागुरु षडानन, स्वर्गद्वारी महाप्रभुको बाटो साकार साधना हो ।

झेन फकीरलाई कुनै जिज्ञासुले सोध्यो– ‘धर्मको सार के हो ?’

मुखले केही नबोली फकीरले भुईंमा हातले लेख्यो– ‘ध्यान ।’

जिज्ञासुले कुरा बुझेन– ‘अलि बिुझ्ने गरी बताउनुहोस् ।’

फकीरले भन्यो– ‘ध्यान ।’

जिज्ञासुले भन्यो– ‘कुरा बुझिनँ ?’

फकीर– ‘बुझ्ने काम आफैं गर्नु पर्छ ।’

त्यही कुरा श्लोक दुईमा भनिएको छ । यस कार्यमा निरन्तर, रुचिपूर्वक तथा एकाग्रता साथ लागिरहनाले मात्र सफलता प्राप्त हुन्छ ।
चिनीमैयाँले खडानन्दलाई सुधार गर्ने मनशायले भनी– ‘तिमीले पढाएको विद्यार्थीले मनपराउँछन् । तर रक्सी खाने गर्नाले ट्युशन पेशा राम्ररी

चलिरहेको छैन । रक्सी खान छोड । थुप्रै विद्यार्थी ट्युशन पढ्न आउँछन् ।’

खडानन्दले भन्यो– ‘कसरी छाडूँ । त्यही रक्सी खानका लागि ट्युशन पढाउनु परेको हो । रक्सी खान नपरे त ट्युशन पढाउनै पर्दैन ।’

ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते ।

सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम् ।। ३ ।।

सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः ।

ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः ।। ४ ।।
===== पदच्छेद र शब्दार्थ =====
तु (तर) ये (जसले) (इन्द्रियग्रामलाई) सन्नियम्य (राम्ररी वशमा गरेर) अचिन्त्यम् (अचिन्त्य, मनबुद्धिभन्दा पर) सर्वत्रगम् (सर्वव्यापी) अनिर्देश्यम् (प्रत्यक्ष देखाउन नसकिने) अव्यक्तम् (अव्यक्त) कूटस्थम् (कूटस्थ, सदा एकनास, आधार) अचलम् (अचल) च (र) ध्रुवम् (नित्य) अक्षरम् (अक्षरको) पर्युपासते (राम्ररी उपासना गर्छन्) सर्वत्र (सर्वत्र) समबुद्धयः (समबुद्धि भएका) ते (उनीहरुले) सर्वभूतहिते (सम्पूर्ण भूत प्राणीको हितमा) रताः (व्यस्त) माम् एव (मलाई नै) प्राप्नुवन्ति (प्राप्त गर्छन्) ।

तर जसले इन्द्रियग्रामलाई राम्ररी वशमा गरेर प्रत्यक्ष नदेखिने, अव्यक्त, सर्वव्यापी, अचिन्त्य र कूटस्थ, अचल र नित्य अक्षर (ब्रह्म) को उपासना गर्दछन्, ती सब प्राणीहरुको हितमा तत्पर रहनेहरुले पनि मलाई नै प्राप्त गर्दछन् ।।३–४।।
===== व्याख्या =====
साकार स्वरुपको जस्तै निराकार स्वरुपक साधकले पनि उही स्थान प्राप्त गर्छन् जुन साकार साधकले गर्दछन् । तर यो बाटो फरक छ । यस बाटोका साधकहरुले इन्द्रियग्रामलाई राम्ररी वशमा गरेर अविनाशी र अव्यक्त स्वरुपको उपासना गर्छन् । उनीहरुले स्वभावतः सबै प्राणीहरुको हितमा नै काम गर्छन् । त्यसैले उनीहरु पनि योगी नै हुन् ।

इन्द्रिय ग्रामको अर्थ हो, इन्द्रियको समुदाय, इन्द्रियको सेट, इन्द्रिय र विषयहरुको संजाल । यस अन्तर्गत कान, आँखा, जिब्रो, नाक, छाला, र यसका विषयहरु शब्द, रुप, रस, गन्ध, स्पर्श लगायत २४ तत्त्व पर्दछन् । जसलाई छ मुख्य विभाजन गर्न सकिन्छ–

१. मूल प्रकृति

२. तीन अन्तःकरण,

३. पाँच महाभूत,

४. पाँच विषय,

५. पाँच ज्ञानेन्द्रिय, र

६. पाँच कर्मेन्द्रिय ।
[[चित्र:Diagram 12.1.jpg|अङ्गुठाकार|चित्र १२.१ इन्द्रियग्राम र सृष्टि विकास ]]
यी सबै आपसमा नेटवर्क प्रणालीबाट कसरी सम्बन्धित हुन्छन् भने एउटाको प्रभावले अर्को सक्रिय हुन्छ । यस नेटवर्कबाट अनुकूल परिणाम प्राप्त गर्न यसलाई नियन्त्रित र नियमित गर्नु पर्छ र यसको सुरुआत मनको नियन्त्रणबाट हुने गर्छ । मनले विचार, विचारले विषयहरु, विषयहरुको ज्ञानेन्द्रिय र सक्रियता कर्मेन्द्रियहरुबाट हुने गर्छ । यी सबै कुराको परस्पर आश्रित सम्बन्ध नै इन्द्रिय ग्राम हो (विस्तृत व्याख्या [[श्रीमद्भगवद्गीता सप्तम अध्याय |अध्याय ७]] मा )। यो नै उल्टो अश्वत्थ वृक्षको रुपमा सृष्टि विस्तार पनि हो ।

क्लेशोऽधिकतरस्तेषामव्यक्तासक्तचेतसाम् ।

अव्यक्ता हि गतिर्दुःखं देहवद्भिरवाप्यते ।। ५ ।।
===== पदच्छेद र शब्दार्थ =====
तेषाम् (तिनीहरु) अव्यक्त (अव्यक्त, निराकार स्वरुपमा) असक्तचेतसाम् (आसक्ति राख्छन्) क्लेशः (क्लेश, परिश्रम) अधिकतरः (बढी हुन्छ) हि (किनभने) देहवद्भिः (देहधारीलाई) अव्यक्ता (अव्यक्त निराकार) गतिः (मार्ग) दुःखम् (कठिनाईपूर्वक) अवाप्यते (सिद्ध हुन्छ, पूरा हुन्छ) ।

निराकार स्वरुपमा आसक्ति राख्ने जो छन् तिनीहरुलाई बढी क्लेश हुन्छ किनभने देहधारीहरुलाई अव्यक्त निराकार उपासनाको मार्ग कठिनाईपूर्वक सिद्ध हुन्छ । ।।५।।
===== व्याख्या =====
हुन त, साकार तथा निराकार दुवै विधिबाट सत् चित् आनन्द स्वरुपको प्राप्ति हुन्छ तर निर्गुण निराकारवादीहरुले बढी परिश्रम गर्नु पर्दछ । त्यो किन हो भने यस पथका यात्रुहरुको लामो र निर्जन यात्रामा साथ दिने कोही हुँदैन । यस यात्रामा निर्गुणवादी एक्लै हुन्छ । तर भक्तको यात्रा ईश्वरको साथमा हुन्छ । त्यसैले भक्तिमार्गमा सरल मात्र होइन आनन्ददायक पनि हुन्छ ।

शिवपुरी बाबाले भक्ति मार्ग बडो सुन्दर उदाहरण दिंदै भनेका छन्– ‘ध्यान गर्नेको मन २० प्रतिशत ईश्वरमा र ८० प्रतिशत संसारमा हुन्छ । कर्मकाण्ड गर्नेको मन ५० प्रतिशत ईश्वरमा र र ५० प्रतिशत संसारमा हुन्छ तर भजन कीर्तन गर्नेको मन ८० प्रतिशत ईश्वरमा र २० प्रतिशत संसारमा हुन्छ ।’
{| class="wikitable"
|+ तालिका १२.१ मनको एकाग्रता

|एकाग्रता || ईश्वरमा || संसारमा

| ध्यान || २० प्रतिशत|| ८० प्रतिशत

| कर्मकाण्ड || ५० प्रतिशत || ५० प्रतिशत

| नाम संकीर्तन || ८०प्रतिशत|| २० प्रतिशत

भक्ति मार्ग र ज्ञानमार्गमा किन अन्तर हुन्छ ? भक्तिमा कुनै प्रश्न हुँदैन । बुद्धिमा प्रश्न हुन्छ। बुद्धिले गणित सिकाउँछ, व्याकरण सिकाउँछ । कुनै घटनाको कारण र परिणाम खोजी गराउँछ । भक्तिले जीवन सिकाउँछ । भक्तिले किन र कसरी भन्ने कुरा खोज्दैन ? बुद्धिले मृत्युमा पनि कारण खोज्छ र जीवनमा पनि कारण खोज्छ । भक्त जे छ त्यसमा सन्तुष्ट छ। भक्तिले भएको कुरामा आनन्द लिन सिकाउँछ । बुद्धिले कारणको खोजी गर्छ । हिसाब गरेर निर्णय गर्छ । त्यसैले असन्तुष्ट रहन्छ ।

एउटा गणितज्ञ सपरिवार तीर्थ गर्न निस्क्यो । बाटोमा खोलो रहेछ । अनि उसले नदीको गहिराईको औसत निकाल्यो र आफ्नो परिवारका सदस्यको औसत उचाई हिसाब गरेर दुवैको तुलना गर्यो ।

नदीको औसत गहिराई भन्दा परिवारको औसत उचाई बढी रहेछ । परिवार डुब्दैन भन्ने निष्कर्ष निकाले पछि सबैलाई आदेश गर्यो– लौ अब सबैले खोलो तरे हुन्छ ।

पारी पुगेर हेर्दा त आफू बाहेक अरु कोही पनि छैनन् ।

फेरि हिसाब गर्यो । हिसाबमा परिवारको औसत उचाई नदीको गहिराई भन्दा बढी निस्क्यो। अचम्म मानेर भन्यो– हिसाब जिनको तिन छ, मेरो परिवार डुब्यो किन ?

हिसाब ठीक छ तर परिवार कोही छैन । बुद्धिले यस्तोमा पनि कारण खोज्छ ।

जीवनभर अद्वैत ब्रह्मको प्रचार गर्दै हिंडेका आचार्य शंकरले कुनै जिद्दी वैयाकरणलाई भक्तिको महत्त्व बुझाउन निम्नलिखित श्लोक रचना गरेका हुन्–

भज गोविन्दं भज गोविन्दं, गोविन्दं भज मूढमते ।

प्राप्ते सन्निहिते मरणे, नहि नहि रक्षति डुकृञ् करणे ।।

यसको अर्थ हो– हे मूर्ख, मर्ने बेलामा व्याकरणका नियम काम लाग्दैन । केवल भक्ति काम लाग्छ । अब ज्ञानको कुरा निरर्थक छ । मर्ने बेलामा रक्षा गर्ने साधन गोविन्दको भक्ति हो ।

भजन कीर्तन र नाम संकीर्तन भक्तिको सरलतम रुप हो र यसको अभ्यास पनि सरल छ । कर्मको अभ्यास, ज्ञान वा ध्यान कुनै पनि गाह्रो लाग्ने मानिसले पनि नाम संकीर्तन गर्न सक्छ । नाम संकीर्तनले सिद्धि प्राप्त गरेका अनेक भक्तहरु छन्– चैतन्यले नाचगान गरेर, रामकृष्णले कर्मकाण्ड र भजन गरेर, गुरु नानकले गीत संगीत र सेवा गरेर ज्ञान प्राप्त गरे। रविलालको एकतारे रामायण, भानुभक्तको रामायण भक्तिभावले गर्दा प्रस्फुटित भएका हुन्। कबीरदास र योगमायाका भजन निर्गुण भए पनि तिनीहरुको आधार भक्ति नै हो ।

ये तु सर्वाणि कर्माणि मयि सन्न्यस्य मत्पराः ।

अनन्येनैव योगेन मां ध्यायन्त उपासते ।। ६ ।।
===== पदच्छेद र शब्दार्थ =====
तु (तर) ये (जो) सर्वाणि (सबै) कर्माणि (कर्महरुलाई) मयि (ममा) सन्न्यस्य (समर्पण गरेर) मत्पराः (मेरो परायण छन्, मेरो निष्ठामा छन्) अनन्येन योगेन (अनन्ययोग अर्थात् भक्तियोगबाट) एव (नै) माम् (मलाई) ध्यायन्त (ध्यानद्वारा) उपासते (उपासना गर्छन्) ।

तर जुन मेरो परायण छन् र सबै कर्महरुलाई ममा समर्पण गरेर म (सगुण) लाई नै अनन्य भक्तियोगबाट ध्यानद्वारा उपासना गर्छन् ।। ६ ।।

तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात् ।

भवामि नचिरात्पार्थ मय्यावेशित चेतसाम् ।। ७ ।।
===== पदच्छेद र शब्दार्थ =====
पार्थ (हे पार्थ) मयि (ममा) चेतसाम् (चित्त) आवेशित (लगाउने, एकाग्र गर्ने) तेषाम् (तिनीहरुलाई) मृत्यु (मृत्यु रुपी) संसारसागरात् (संसार सागरबाट) नचिरात् (तुरुन्तै) अहम् (म) समुद्धर्ता (समुद्धारकर्ता) भवामि (हुन्छु)।

हे पार्थ, ममा चित्त एकाग्र गर्ने ती भक्तहरुलाई मैले मृत्युरुपी संसार सागरबाट तुरुन्तै समुद्धार गरीदिन्छु ।। ७ ।।
===== व्याख्या =====
तर जसले सबै कर्महरु समर्पण गरेर ईश्वरको सगुण, साकार स्वरुपलाई अनन्य भक्तिद्वारा उपासना गर्छन् तिनीहरुको तत्त्काल उद्धार हुन्छ अर्का शब्दमा भक्ति मार्ग सरल मात्र होइन, छिटो पनि पुगिने मार्ग हो । किनभने यस मार्गको अभिभावक स्वयं ईश्वर हुन् ।

अकबरले बीरबलसंग अविश्वासपूर्ण शब्दमा भने– ‘बीरबल, गजेन्द्रको उद्धार गर्न भगवान् विष्णु चप्पल नलगाई दौडेर आएका थिए भन्छन् नि? त्रिभुवनका मालिकको कोही नोकर चाकर थिएन ।’

बीरबलले भने– ‘सरकार, यसको जवाफ उचित समयमा दिउँला ।’

अकबर बार्दलीमा रानीहरुका साथ कुरा गर्न व्यस्त भएको एक दिन शहजादा सलीम बोकेर हिंडिरहेकी धाई चिप्लिएर पोखरीमा लडी । काखमा समातेको बच्चा हुत्तिएर पानीमा पुग्यो। दासी रुन कराउन थाली । अकबरले माथिबाट यो सब देखिरहेका थिए । अकबरले शहजादा सलीमलाई निकै मायाँ गर्थे किनभने उसले आगराबाट अजमेर शरीफ १४० कोस पैदल हिँडेर भाकल गरेपछि बल्ल सलीमको जन्म भएको थियो । बच्चा पानीमा खसेको देख्नासाथ दौडदै आएर पोखरीमा कुदे।

बाहिर निकाले पछि चकित भएर भिजेको कपडालाई हेरे त्यो सलीम नभएर पुतली कपडामा बेरेको रहेछ ।

तत्क्षण बीरबलले सलाम गर्दै भने– ‘सरकार, गुस्ताखी माफ होस् । यो सब हजुरका प्रश्नको उत्तरका लागि गरेको हूँ, दासीको दोष छैन । उसले मेरो अनुरोध बमोजिम पुतला बनाएर त्यहाँ डुलेकी थिई । शहजादा सुरक्षित हुनुहुन्छ । हजुरका सेवक थिए। अंगरक्षक थिए । सबैलाई छोडेर खाली खुट्टा सलीमको प्रेमको कारणले हजुरले पानीमा हामफाल्नु भएको हो। भगवान् विष्णुलाई आफ्ना भक्त आफ्ना सन्तान सरह प्यारा छन् । उनीलाई दुख परेको देख्ना साथ बचाउन दौड्नु भएको हो ।’

बालकको भक्ति किन छिटो प्रतिफलित हुन्छ भने उनीहरु अबोध हुन्छन् । जसले पनि भक्त हुनु छ ऊ बालक झैं अबोध हुनै पर्छ ।

मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय ।

निवसिष्यसि मय्येव अत उर्ध्वं न संशयः ।। ८ ।।

ईश्वरको भक्ति प्राप्त गर्न यस श्लोकको मन्त्र रुपमा पाठ लाभदायक मानिएको छ ।

===== पदच्छेद र शब्दार्थ =====
मयि एव (ममा नै) मन (मन) आधत्स्व (लगाउ) मयि (ममा) बुद्धिम् (बुद्धि) निवेशय (केन्द्रित गर) अतः (यस) उर्ध्वं (उपरान्त, पछि) मयि एव (ममा नै) निवसिष्यसि (प्राप्त गर्ने छौ, निवास गर्ने छौ) न संशयः (शङ्का छैन, अवश्य नै) ।।

ममा मन लगाउ, ममा नै बुद्धि केन्द्रित गर । त्यस पछि अवश्य नै ममा निवास गर्ने छौ अर्थात् मलाई नै प्राप्त हुने छौ ।।८।।
===== व्याख्या =====
ईश्वरमा एकाग्रतापूर्वक चित्त लगाउने विधिको वर्णन गर्दै भागवतमा लेखिएको छ– ‘प्वाँख उम्रिनसकेका बचेराहरु माउको निम्ति, दुधे बाच्छाबाछी आफ्नो माउका लागि, प्रेमोन्मत्त प्रेमिका आफ्ना प्रेमीका लागि भेट्न जसरी आतुर हुन्छन् त्यसै गरी हे कमलनयन, हाम्रो मन तपाईंलाई देख्न चाहन्छ । यस्तो चाहना जुन दिन भक्तमा उदित हुन्छ अनि भगवान्ले सगुण साकार रुपमा दर्शन दिनु हुन्छ।’
यस विधिले जोडिनु नै भक्तियोग हो । परमात्मासँग जोडिनुको अर्थ असीमिति शक्ति प्राप्त हुनु पनि हो । परमात्मासँग योग हुनासाथ भक्त बलियो हुन्छ । एउटा पुजारी बाटोमा १०० रुपैयाँ लिएर उभिन्छ र भन्छ मैले यस रकमबाट आफ्ना भगवान्को मन्दिर बनाउँछु । एक दिन सोही १०० रुपैयाँले विशाल मन्दिर तैयार हुन्छ । यो भक्तिको प्रभाव हो । भक्तसँग सय रुपैयाँ मात्र हुँदैन उसका साथमा भगवान् पनि उभिएका हुन्छन् । भक्तिले गर्दा सय रुपैयाँको शक्ति अनन्त हुनजान्छ ।

अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम् ।

अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनञ्जय ।। ९ ।।

अभ्यासेऽप्यसमर्थोसि मत्कर्मपरमो भव ।

मदर्थमपि कर्माणि कुर्वन्सिद्धिमवाप्स्यसि ।।१०।।
===== पदच्छेद र शब्दार्थ =====
अथ (यदि) चित्तम् (चित्त) मयि स्थिरम् (ममा स्थिर गराउन) समाधातुम् (स्थापन गर्न) न शक्नोषि (सकदैनौ भने) ततः (त्यसपछि) अभ्यासयोगेन (अभ्यासयोगद्वारा) माम् (मलाई) आप्तुम् (प्राप्त गर्ने) इच्छा (इच्छा गर) धनञ्जय (हे धनञ्जय) अभ्यासे (अभ्यासमा) अपि (पनि) असमर्थ (असमर्थ) असि (छौ) मत्–कर्म–परमः (सबै कर्म मेरा लागि गर्ने) भव (होउ) मत् (मेरा) अर्थम् (लागि) कर्माणि (कर्महरु) कुर्वन् (गर्दा) अपि (पनि) सिद्धिम् (सिद्धि) अवाप्स्यसि (प्राप्त गर्ने छौ) ।

हे धनञ्जय, यदि तिमीले चित्तलाई ममा स्थिर गराउन सक्दैनौ भने अभ्यास योगद्वारा अर्थात् निरन्तर प्रयास गरे मलाई प्राप्त गर्ने इच्छा गर । यदि यस अभ्यासमा पनि असमर्थ छौ भने, ज्ञान, ध्यान, पूजा, पाठ इत्यादि, सबै कर्म गर । मेरालागि यी कर्महरु गर्दा पनि सिद्धि प्राप्त गर्ने छौ ।।९–१०।।
===== व्याख्या =====
ईश्वरको साकार स्वरुपमा पनि मन स्थिर हुँदैन भने के गर्ने ? यसको प्रत्युत्तरमा यहाँ के भनिएको छ भने यदि ईश्वरमा मन स्थिर हुन सकेन भने आफ्नो अभ्यास अझ बढाउने अर्थात् साधनाको कर्मलाई बारम्बार दोहर्याउने । यसरी पनि उपलब्धि भएन भने सबै कर्म ईश्वर अर्पण गर्नु पर्छ । कुन बाटो शिष्यका लागि ठीक छ यस सम्बन्धमा गुरुले नै शिष्यलाई उचित मार्गदर्शन गर्न सक्छ ।

महर्षि पतञ्जलिले साधनपाद अध्यायमा दुखबाट मुक्ति पाउने उपाय बताउँदै भनेका छन्– दुखबाट मुक्ति पाउने पहिलो उपाय ज्ञान हो र यस उपायको आधार निर्मल, निर्बाध विवेक हो । यसका चरणबद्ध विधिहरुको उपाय व्याख्या गर्दै उनले क्रमशः उनले आसन, ध्यान, प्राणायाम, ॐकार चिन्तन आदि अनेक उपाय बताएका बताएका छन् तर अन्तिम उपायको रुपमा उनले ईश्वरका स्वरुपको ध्यानलाई बताउँदै भनेका छन्– यदि अन्य कुनै उपायले सफलता प्राप्त हँुदैन भने मनमा ईश्वरलाई धारण गर । ईश्वरको भक्ति अन्तिम उपाय हो।

रामकृष्ण परमहंसको उपदेश सुन्न एक जना वृद्धा सधैं आउँथिन् । कृष्ण भक्तिको महिमा बताए पछि ती वृद्धाले भगवान् कृष्णमा ध्यान लगाउने कोशिश गरिन् ।

जति प्रयास गरे पनि उनले कृष्णमा मन लगाउन नसकेपछि रामकृष्णलाई आफ्नो समस्या बताइन् ।

रामकृष्णले सोधे– तिमीले सबभन्दा मायाँ गर्ने कुरा के हो, जसमा तिम्रो चित्त स्थिर हुन्छ ।

वृद्धाले भनिन् – म आफ्नो नातिलाई असाध्यै मायाँ गर्छु । त्यसको नजिक पुगेपछि अरु सबै कुरा बिर्सन्छु ।

रामकृष्णले भने – आज देखि आफ्नो नातिलाई कृष्ण ठान्नु ।
केही दिन पछि वृद्धा आइन् र भनिन् अब मेरो मन कृष्ण भक्तिमा लाग्न थाल्यो ।

भक्तिभाव नभइकन मनमा ईश्वरको धारणा गर्न सकिंदैन ।
भक्तिभावले ओतप्रोत भए पछि भक्तहरुको हृदयबाट मधुरतम गीत आफैं सिर्जना हुन थाल्छन्।

मीराबाईले गीत रचना र गायनको माध्यमबाट सिद्धि प्राप्त गरिन् । यसको मूलमा कृष्ण प्रति उनको अव्याभिचारिणी भक्ति नै रहेको छ । अपठित योगमायाले ईश्वर भक्तिमा रमाए पछि निगुण भजन रचना गरिन् ।

पत्नी वियोगबाट विरक्त पौड्यालले स्वर्गद्वारी महाप्रभुसंग प्रेरणा लिएर ईश्वरको भक्ति गर्दै कविता रचना गर्न थाले पछि उनको जीवन नै परिवर्तन भयो । लेखनाथ पौड्यालले रचना गरेका कविता आज पनि उत्कृष्ट रचना मानिन्छन् । कवि शिरोमणि लेखनाथ पौड्यालले तरुण तपसीको रचना गर्दा उनले मनमा स्वर्गद्वारी महाप्रभुको छवि थियो भनिन्छ ।

भक्ति भावमा डुबेर नै भानुभक्त आचार्यका कविताहरु रसपूर्ण भएका छन् । आचार्य खेमराज केशव शरणले मनमोहक आरतीको रचना भक्तिभावले ओतप्रोत भएर नै गर्न सकेका हुन् ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाकी पत्नीले कृष्णको अनन्य भक्ति गर्थिन् । उनलाई कवि गौतमको कृष्ण भक्तिको प्रभाव परेको थियो । यसको प्रभाव देवकोटाले अन्तिम क्षणमा देवकोटाले अनुभव गरे–

आखिर श्रीकृष्ण रहेछ एक, न बुद्धि भो न ज्ञान भो न त भो विवेक....।

अथैतदप्यशक्तोऽसि कर्तुं मद्योगमाश्रितः ।

सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान् ।। ११ ।।
===== पदच्छेद र शब्दार्थ =====
अथ (यदि) एतत् अपि (यो पनि) कर्तुम् (गर्न) अशक्तः असि (असमर्थ छौ) ततः (भने) मत् (मसंग) योगम् आश्रितः (योगको आश्रित भएर) आत्मवान् (चित्तलाई) यत (संयम, वशमा राखेर) सर्वकर्मफलत्यागम् (सबै कर्महरुको फल त्याग) कुरु (गर) ।

यदि मसंग योग (मेरो प्राप्ति) को आश्रित भएर यी सबै साधन गर्न असमर्थ छौ भने चित्तलाई वशमा राखेर सबै कर्महरुको फल त्याग गर ।।११।।
===== व्याख्या =====
अथवा यदि कुनै आत्मवान् ज्ञानीले मलाई प्राप्त गर्ने इच्छा गर्दछ तर अहिलेसम्म बताएको विधिले ईश्वरसँग योग भएको छैन सबैकर्महरुको फल त्याग गर । तर त्यसभन्दा पहिले यी विधि प्रयोग गर्नु पर्दछ – मनलाई ईश्वरमा आवेशित गराउने, ईश्वरका अकथनीय स्वरुपको ज्ञानका लागि शास्त्र वा गुरुको आश्रय लिने, अथवा साकार वा निराकार स्वरुपको ध्यान गर्ने । यी सबैको क्रमशः व्याख्या गर्दै भगवान्ले भन्नु हुन्छ, यी विधिले सफलता प्राप्त भएन भने सबै कर्मको फल त्याग गरे हुन्छ ।

अर्जुन कर्मयोगी भएकोले उसका लागि अन्य बाटोको तुलनामा जुन बाटो उसका लागि फलदायक छ, त्यही योग्य गुरुको रुपमा भगवान् कृष्णले सुझाव दिनु भएको छ ।

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते ।

ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम् ।। १२ ।।
===== पदच्छेद र शब्दार्थ =====
अभ्यासात् (अभ्यासभन्दा) ज्ञानम् (शास्त्रबाट प्राप्त परोक्ष ज्ञान) श्रेयः (श्रेय,उत्तम छ) ज्ञानात् (परोक्ष ज्ञानभन्दा) ध्यानम् (ध्यान) विशिष्यते (विशिष्ट छ) ध्यानात् (ध्यानभन्दा) कर्मफलत्यागः (कर्मफलत्याग विशिष्ट छ) हि (किनभने) त्यागात् (त्याग) अनन्तरम् (पछि) शान्तिः (शान्ति प्राप्त हुन्छ) ।

यन्त्रवत् अभ्यासभन्दा परोक्ष ज्ञान श्रेय छ । परोक्ष ज्ञानभन्दा ध्यान तथा ध्यानभन्दा कर्मफलको त्याग अझ विशिष्ट छ किनभने कर्मफल त्याग गर्नासाथ तत्काल परमशान्ति प्राप्त हुन्छ ।। १२ ।।
===== व्याख्या =====
परमहंस रामकृष्णले भक्तिका लागि अभ्यासको विधि यस प्रकार बताएका छन्– सत् र असत् माथि निरन्तर विचार गरिरहनु पर्छ । यदि समय छ, प्रभुमा मन लाग्छ भने हरदम भजन कीर्तन गरे हुन्छ । जसले त्यो गर्न सक्दैन उसले कम्तीमा बिहान र बेलुका दुई समय ईश्वरलाई भक्तिपूर्वक प्रणाम गर्नु पर्छ । त्यो पनि छैन भने सबै जिम्मा उनैलाई लगाई दिनु तर जसै एकान्त प्राप्त हुन्छ उनका लागि रोउ । प्रभुको दर्शन माग ।

साधनाका अनेक विधि छन् तर उचित ज्ञान बिनाको अभ्यास (क्रियाकलाप) निरर्थक छ । आँखा चिम्लेर कसैको पछाडि हिँडेर लक्ष्यमा पुगिँदैन । यसले कुनै प्रेरणा हुँदैन ।

खडानन्दको पसलमा धेरै भीड हुन थाल्यो । त्यसैले उसले एउटा सुगा पाल्यो । सुगालाई उसले बोल्न सिकायो– भीड नगर । लाइनमा बस । पालो आउँछ ।

यस पछि ग्राहकहरुले लाइनमा लागेर सामान किन्न थाले । एक दिन खडानन्दको सुगा पिंजडाबाट बाहिर उड्यो । सुगा खोज्दै खडानन्द बस्तीभन्दा बाहिर पुग्यो । कौवाहरुले मिलेर सुगालाई ठुङ्गिरहेका थिए । र त्यस सुगाले यस्तो भनेको सुनिन्थ्यो– लाइनमा बस । पालो आउँछ ।

शास्त्र घोक्नेहरु खडानन्दको सुगा जस्तै हुन्छन् । के गरेका छन् भन्ने उनीहरुलाइ थाहा नै हुँदैन ।

यहाँ ज्ञानको अर्थ प्रत्यक्ष ज्ञान नभएर शास्त्र ज्ञान हो जुन शब्द र युक्तिसहित दिइएको हुन्छ। कारण परिणाम सम्बन्धको व्याख्या गरिएकोले यस ज्ञानले केही न केही प्रेरणा हुन्छ ।

यस्तो परोक्ष ज्ञानभन्दा ध्यान श्रेष्ठ छ । ध्यान अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि सबैकुरा पर्दछन् । समाधि यसको अन्तिम अवस्था हो ।

भगवान् कृष्णले ध्यानभन्दा पनि कर्मफल त्यागलाई सरल बताउनु भएको छ । आसक्ति नै बन्धनको कारक हो । यसको त्याग हुना साथ भगवान्को कृपा प्राप्त भएर संसार मुक्तिको लाभ प्राप्त हुन जान्छ ।

त्यागको ठूलो प्रभाव छ । बाबा मस्तरामले पनि सबै कुरा त्याग गर्ने अभ्यास गरे । भिक्षाको पनि त्याग गरे । बिना प्रयास प्राप्त भए लिन्थे अन्यथा आफूले कुने प्रयास नगर्ने । उनलाई ऋषिकेशमा भेट्न फ्रान्सबाट एक जना महिला आइन् । उनका केही शिष्य पनि त्यहाँ थिए।

बाबाको नियम थियो कसैले केही ल्याइदिए खाने नत्र त्यत्तिकै बस्ने । तीन दिन देखि कसैले केही खानेकुरा ल्याइदिएन । भोकले आत्तिएर फ्रेन्च शिष्याले बाहिर निस्केर अलिकति समोसा मागेर ल्याइन् र बाबालाई टक्र्याइन् ।

बाबाले सोधे– ‘कसले ल्यायोे ?’

शिष्याले गाह्रो मान्दै भनिन्– बाबा, हजुरले तीन दिन देखि खानु भएको छैन । यहाँ बसेका अरुको पनि भोकले बेहाल भएको छ । मैले सहन गर्न सकीनँ अनि मैले मागेर ल्याएको हो।

बाबाले भने मागेर ल्याएको भए पनि हुन्न । उनले आफूले पनि खाएनन् । शिष्यहरुलाई पनि खान दिएनन् । बाहिर फालिदिए । भोकले थकित, गलित शिष्यहरुले कोठा बाहिर दुनामा फालिएका समोसा टुलुटुलु हेरेर बसे ।

चौथो दिन कसैले सबैलाई पुग्ने गरी खानेकुरा ल्यायो । त्यस भोजनलाई बाबा मस्तरामले पहिला भोकाएका शिष्यलाई दिए र अन्तमा आफूले खाए ।

मानिस भित्र ५० प्रतिशत पुरुष र ५० प्रतिशत स्त्री हुन्छ । मनोवैज्ञानिक जुङ्ग भन्छन्, ५० वर्ष कटे पछि शारीरिक र मानसिक परिवर्तन हुन्छन् अनि पुरुष अलि अलि स्त्री जस्तो र स्त्री अलि अलि पुरुष जस्तो हुँदै जान्छन् । यसको अर्थ के हो भने मानिसहरुको मनोविज्ञानमा स्वभावगत र उमेरगत अन्तर हुन्छन् त्यसैले साधनाका अनेक विधि हुन्छन् । जुन विधिबाट मनको एकाग्रता स्थापित हुन्छ, त्यो नै उसका लागि सर्वश्रेष्ठ विधि हो ।

'''मीरा बाई'''
[[चित्र:Meerabai painting.jpg|अङ्गुठाकार|भक्त शिरोमणि मीरा ]]
सोह्रौं शताब्दीकी कृष्ण भक्त मीराबाई कृष्णभक्ति धाराकी सुप्रसिद्ध कवयित्री हुन् । उनका गुरु सन्त रैदास थिए ।
पाँच वर्षकी मीराले जन्ती हिंडेको देखेर आमालाई सोधिन्– यिनीहरु को हुन् ?
आमाले भनिन्– जन्ती । दुलही लिन हिंडेका ।
मीराले सोधिन्– मेरो दुलाहा को हो ?
आमाले मुरलीधर कृष्णको सानो मूर्ति देखाइदिइन््– तिम्रो दुलाहा यिनै हुन् ।
बचपनमा नै भगवान् कृष्णलाई आफ्नो पति मानेकी मीराले आफ्ना पतिको मृत्यु पछि पनि शृंगार यथावत राखिन् । त्यस पछि उनी विरक्त भइन् र साधु सन्तको संगतिमा हरिकीर्तन गर्दै समय बिताउन थालिन् । उनको नाचगान देखेर उनका राजपरिवारले धेरै पटक विष दिएर उनको हत्या गर्ने प्रयास गरे । वृन्दावनमा उनको मृत्यु भएको मानिन्छ । भक्तहरुको श्रेणीमा मीराको नाम सर्वोच्च स्थानमा आउँछ।
भगवान् कृष्णलाई आफ्नो पति मानिन् । कृष्ण बाहेक उनको कोही न प्रेमी थियो न पति । मीराका कवितामा कृष्ण प्रेमको जुन उचाई छ, प्रेमको त्यति राम्रो कविता फेरि कसैले रचना गर्न सकेको छैन ।

'''योगमाया'''
[[चित्र:Yogmaya Neupane Artists Impression.jpg|अङ्गुठाकार|योगमाया]]
योगमायाको जन्म वि.सं १९२४ मा भोजपुर जिल्ला अन्तर्गत पर्ने मझुवाबेसीको नेपालडाँडाको एक सामान्य परिवारमा भएको थियो । सानै उमेरमा विवाह भएकी उनी घरका मानिसहरुको निष्ठुर व्यवहार सहन गर्न नसकेर घर छोडेर हिंडेकी थिइन् । घर छोडेर आएकोले माइतीमा पनि उनको स्वागत भएन । उनले अर्को विवाह गरिन् । यस विवाहबाट उनको एक छोरी जन्मिन् ।
उनी पहिलो पटक कुनै पुराणवाचन कार्यक्रममा सहभागी भइन् । जहाँ उनले ज्ञानको प्रकाश किरण प्राप्त गरिन् । अबोध योगमायालाई जुन दिन शरीरका कृत्यले गरेका पाप सुधार गर्न तपस्या र भक्ति गर्नु पर्छ थाहा भयो उनले अत्यन्त कठोर र अनुशासित जीवन बिताउन सुरु गरिन् ।
उनले बालागुरु षडानन्दको शिष्यत्व ग्रहण गरेर स्वर्गद्वारी महाप्रभुसंग भेट गर्न लामो तीर्थ यात्रा गरिन् ।

यस पछि केही समय तीर्थयात्रा तथा साधु सन्तको संगतमा समय बिताइन् । उनले आर्यसमाजी, शंकराचार्य परम्परा तथा जोसमनी सन्तहरुको संगत प्राप्त गरिन् ।
कठोर तपस्यापछि उनमा जाग्रत भएको भक्ति भाव पछि उनले कविता गुनगुनाउन थालिन् । आफूले लेखपढ गर्न नसक्ने भएकोले उनका अनेक कविता हराएर पनि गए । आफ्नो जन्मस्थलमा फर्किन् ।
पछि उनी ठुली हजुर मात्र बनिनन् योगवाणी समेत रचना गरिन् । ईश्वर भक्तिले उनीमा प्रचण्ड आत्मबल प्रदान गर्यो । समाज सुधारका लागि उनको एक्लो प्रयासमा उनले राज्यको सहयोगका लागि राणा शासकहरुसँग सम्पर्क गर्न खोजिन् । बारम्बार प्रयास गर्दा पनि कुनै सुनुवाई नभए पनि उनका अनेक शिष्याहरु थिए र उनको प्रभाव बढ्दै थियो । धर्मराज्यको स्थापनाका लागि विरोधस्वरुप उनले वि.सं. १९९८ आफ्ना अनेक शिष्याहरुका साथ रहस्यपूर्ण जलसमाधि लिइन् । तर उनको प्रभाव अद्यापि छ । उनको नामबाट सर्वार्थ योगवाणी नाम गरेको पुस्तक पाइन्छ ।

'''परमहंस रामकृष्ण'''
[[चित्र:रामकृष्ण.jpg|अङ्गुठाकार]]
स्वामी विवेकानन्दका गुरु परमहंस रामकृष्णको बचपन कलकत्ता, दक्षिणेश्वरमा काली माताको पुजारीको रुपमा बित्यो । एकाग्रमनले कर्मकाण्डमा लाग्दा उनले युाववस्थामा काली मातालाई साक्षात्कार गरे ।
उनको सबभन्दा ठूलो योगदान के हो भने सबै सम्प्रदायले एउटै लक्ष्य प्राप्त गर्छन् भन्ने कुरा सिद्ध गरेर देखाए । साकार, निराकार साधना मात्र होइन उनले इस्लाम र क्रिस्तान धर्मले पनि परमसत्यमा एउटै कुरा अनुभव गर्छन् भन्ने कुरा प्रमाणित गरे । उनले ब्रह्मज्ञानलाई बोलीचालीको भाषामा सर्वसाधारणमा प्रचार गरे ।
उनका विचारको प्रचार गर्न उनका शिष्य स्वामी विवेकानन्दले विश्व भ्रमण गरे ।

'''यज्ञ प्रवर्त्तक महाप्रभु हंसानन्द'''
वि.सं. १९१६ मा जन्मेका महाप्रभुले आफ्नी आमालाई नारायणरुपको अवतार लिएको कुरा स्वप्नमा जानकारी दिएको बताइन्छ । हरेक एकादशीमा आमाको दुध नचुस्ने, आमाले मासु खानेदिन आमाको दूध नखाने मानिसहरुलाई उनीहरुको भविष्य बताइदिने जस्ता कार्य सानै देखि गर्न थालेका थिए । चार वर्षको उमेरदेखि नै पूजापाठ गर्न थालेका महाप्रभुले आमाले विवाहको प्रस्ताव राखेपछि घर छोडेर सन्न्यास ग्रहण गरेपछि उनको नाम हंसानन्द गिरी हुन गयो ।
वि.सं. १९४४ मा महायज्ञ सुरु गरे जुन आज पनि संचालनमा छ । उनी रातिमा निदाएको कसैले नदेखेको, नदीबाट घिउ सापटी मागेको, गुफामा धेरै समय निराहार तपस्या गरेको, बाघहरुलाई गाई खानबाट रोकेको गाईहरुलाई नाम लिएर बोलाउने गरेको जस्ता अनेक कथाहरु प्रचलनमा छन् । त्यसैले महाप्रभुले पशुको भाषा बुझ्न सक्नुहुन्थ्यो भन्ने जनश्रुति छ । गाईको प्रत्येक बथानलाई प्रभुले अलग वनमा चर्न जाने निर्देश दिना साथ त्यो सोही वनमा जान्थ्यो । गाईहरुले प्रभुको भाषा बुझ्थे भन्ने मानिन्छ । विशाल गाईपालन गरे पछि गोवद्र्धन पूजाको उनले सुरु गरेको परम्परा आजसम्म पनि यथावत छ ।
स्वर्गद्वारी महाप्रभु स्वामी हंसानन्द गिरीको सम्पूर्ण जीवन चमत्कारपूर्ण कामले भरिएको छ । कुनै पनि मानिसलाई हेरे पछि उसको तीन जन्मको विवरण महाप्रभुलाई जानकारी हुन्थ्यो ।

लेखनाथ पौड्यालले वि.सं. १९९७ मा बाल तपस्वी स्वर्गद्वारी महाप्रभुको शोकमा लेखेको कवितांश यस प्रकार छ–

अहा, त्यस्तो राम्रो सरल कलिलो बाल वयमा,

पितामाता छोडी नभुलि ममताको विषयमा ।

तपस्याको ज्योति जगमग जगाई वन पसी,

बसेको मुक्तात्मा प्रभु अब कहाँ बाल तपसी ।।

'''बालागुरु षडानन'''
[[चित्र:बालागुरु.jpg|अङ्गुठाकार|बालागुरु]]
बालागुरु षडाननको जन्म वि.सं. १८९२ सालमा भोजपुरमा भएको हो । यज्ञोपवीत पछि उनले मिथिला र बनारसमा गई संस्कृतको गहन अध्ययन गरे । बालागुरु षडानन सानै देखि ज्ञानी थिए । त्यसमा मिथिला र बनारसका विद्वान् गुरुहरुको संगतले त्यसमा अझ संस्कार गर्यो ।
उनले आफ्नो जीवन ज्ञानका लागि समर्पित गरे । चौबीस पटक गायत्री पुरस्चरण लगायतका अनेक साधना गरेका उनले वि.सं.१९३२ मा नेपालको पहिलो विद्यालय स्थापना गरेको बताइन्छ । यसरी बालागुरु नेपालमा औपचारिक शैक्षिक चेतनाका प्रथम ज्योति हुन् । अणिमा, लघिमा आदि अष्ट सिद्धिका स्वामी आबाल ब्रह्मचारी षडानन्दले शिक्षाको प्रचार र समाजसुधार बाहेक मन्दिर, पाटी, धारा, कुण्ड, पोखरी, बाटा, टुँडीखेल निर्माण गरेर सामाजिक निर्माण कार्य गरे ।
सामुदायिक वन, र मेला व्यापार संचालन प्रारम्भ गरे । यी संस्थाहरुको दिगो परिचालनका लागि गुठीको स्थापना समेत गरेर आर्थिक व्यवस्थापन समेत गरेका थिए । उनले सुरु गरेका अनेक कार्य आज पनि सुसंचालनमा रहेका छन् ।

'''सन्त शशिधर'''
[[चित्र:सन्त शशिधर.png|अङ्गुठाकार|सन्त शशिधर]]
शशिधर स्वामीको जन्म विक्रम सम्वत् १७७० मा भएको हो । विक्रम सम्वत् १८०१ तिर पश्चिम नेपालको महाकाली पारी पर्ने पौडी गढवालमा रहेको क्योँकालेश्वर मन्दिरको जीर्णोद्धार गरी १८१० सम्म त्यहीं बसेर आफू र गुरुको लागि उनले आश्रम समेत बनाए । आफ्नो घर अर्घाखाँची फर्केर उनले विवाह गरे । एक सन्तान जन्मे पछि उनले कठोर तपस्या प्रारम्भ गरे । सुरुमा अर्घाखाँची र पछि गुल्मीको रेसुङ्गामा आई तपस्या गरे । गुल्मीमा शशिधर पछि यदुकानन्द स्वामी महायज्ञका लागि प्रसिद्ध बने ।
शशिधर स्वामीले नेपालबाट सुरु गरेको भक्ति परम्परा नै जोसमनि परम्परा बन्यो । यसलाई ज्ञानदिलदास, अगमदिलदास आदि सन्त कविहरुले पूर्वी नेपालमा लोकप्रिय बनाए ।
शशिधरले जीवनको अन्तिम समय गढवालमा बिताएकोले भारतको उत्तराखण्डमा यो मत निकै प्रचलित भएको छ ।

अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च ।

निर्ममो निरहङ्कार समदुखसुख क्षमी ।।१३।।

सन्तुष्टः सततं योगी यतात्मा दृढ निश्चयः ।

मय्यर्पित मनोबुद्धिर्यो मद्भक्तः स मे प्रियः ।। १४ ।।
===== पदच्छेद र शब्दार्थ =====
यः (जसले) अद्वेष्टा (द्वेष भावरहित) सर्वभूतानाम् (सबै प्राणीहरुमा) मैत्रः (मित्रतापूर्ण) करुण (करुणापूर्ण) एव (नै हुन्छ) च (तथा) निर्ममः (ममत्व बुद्धितारहित) निरहङ्कारः (अहङ्काररहित) समदुखसुखम् (सुखदुखमा एक समान) क्षमी (सहनशील, क्षमावान्) सन्तुष्टः सततम् (सधैं सन्तुष्ट) यत–आत्मा (इन्द्रिय संयम गरेको) दृढ निश्चयः (दृढ निश्चयी) मनोबुद्धिः (मन र बुद्धि) मयि (ममा, ईश्वरमा) अर्पित (अर्पण गरेको सः (त्यो) मद्भक्तः (मेरो भक्त) योगी (योगी) मे (मलाई) प्रियः (प्रिय छ) ।

जसले कसैलाई द्वेष गर्दैन, जो सबै प्राणीहरुमा मित्रतापूर्ण र करुणापूर्ण व्यवहार गर्छ, जो ममत्व बुद्धि र अहङ्काररहित छ, तथा जो सुखदुखमा समान र सहनशील छ । अनि जो सधैं सन्तुष्ट छ, जसले इन्द्रिय संयम गरेको छ, जा दृढ निश्चयी छ र जसले मनबुद्धि ईश्वरमा अर्पण गरेको छ, यस्तो कर्मयोगी भक्त मलाई प्रिय छ ।। १३–१४ ।।

यहाँ जुन गुणलाई भक्तका विशेषता भनेर बताइएको छ, यिनै गुणहरुलाई अध्याय १४ मा त्रिगुणातीत गुणका रुपमा तथा अध्याय १६ मा दैवी गुण भनिएको छ ।

===== व्याख्या =====
ईश्वरलाई प्रिय हुनु भनेको के हो ? जुन कुरा ईश्वरका लागि प्रिय छ, त्यो हाम्रो लागि उत्कृष्टतम बाटो हुन्छ । यो कुरा जसले बुझ्छ, त्यो नै भक्त हो । ईश्वरले प्रिय मान्नुको अर्थ ईश्वरले कसैलाई बढी माया गर्ने र कसैलाई कम माया गर्ने होइन । ईश्वर सबै प्रति एकनास छन् । जसले ईश्वरलाई प्रिय लाग्ने गुण विकास गर्छन् उनीहरुले ईश्वरको अनुग्रह आफैं प्राप्त गर्छन् । उदाहरणका लागि बिहानको उज्यालोमा जसले आँखा खोलेको हुन्छ उसले प्रकाश प्राप्त गर्छ तर जसले आँखा खोलेको हुँदैन उसले अन्धकार प्राप्त गर्छ । आँखा खोल्नु भनेको ईश्वरको प्रिय हुनु हो ।

भक्त द्वेषरहित र स्वार्थरहित हुन्छ अर्थात् उसले सबैसँग प्रेमपूर्ण व्यवहार गर्छ । भक्त मैत्रीपूर्ण र करुणापूर्ण हुन्छ । सबै प्रति मैत्रीपूर्ण र करुणापूर्ण हुनासाथ ममत्वबुद्धि हराउँछ, द्वेष रहँदैन। यसले गर्दा क्षमा भाव स्वतः आउँछ । लाभहानि र सुखदुखमा समभाव धीरपुरुषको गुण नै हो । भक्त धीर भएकोले आफूले बेहोर्ने परिस्थितिहरु प्रति कहिल्यै असन्तुष्ट हुँदैन । जे जस्तो परिस्थितिलाई पनि स्वाभाविक रुपमा लिन्छ ।

अहंकारहीनता भक्तको सर्वोपरि विशेषता हो । ज्ञानीमा केही न केही अहङ्कार रहन जान्छ तर भक्तमा अहङ्कार सजिलो गरी हट्छ । अहङ्कार हट्नासाथ आफैं उद्धार हुन्छ । काठ पानीमा उत्रिन्छ किनभने म भारी छु भन्ने भाव हुँदैन तर फलाममा भारी छु भन्ने अहङ्कार हुन्छ त्यसैले डुब्छ । अहङ्कार नै आवश्यकताको जननी हो । जुन मानिसमा अहङ्कार हुँदैन उसका आवश्यकता पनि हुँदैनन् । त्यसैले भनिन्छ– आवश्यकतारहित मानिस देवतुल्य हुन्छ।

भक्त सधैं सन्तुष्ट हुन्छ, उसको कसै प्रति केही गुनासो हुन्न । भक्त इन्द्रिय संयमी हुन्छ । इन्द्रिय संयमी भएकैले उसमा दृढ निश्चयी गुण विकास हुन्छ ।

गतः वर्षको सर्वाधिक बिक्री भएको पुस्तक हो, द ह्यापिएस्ट म्यान अन द अर्थ, संसारको सबभन्दा प्रसन्न व्यक्ति । हिटलरको होलोकास्टबाट जीवित बचेका एडी जाकुले १०० वर्षको उमेरमा आफ्नो अनभुव लेखेका हुन् । उनले हरेक दिन मृत्युको प्रतिक्षा गरेर सात वर्ष बिताए । दैवसंयोगले बचेका उनले सन् २०२० मा आफ्ना अनुभव र विचार प्रकाशित गरे। यस कथामा उनले कसै प्रति कुनै गुनासो गरेका छैनन् । हिटलरलाई उनले आफू जस्तै कमजोर देखेका छन् । कमजोरले नै क्रूरता देखाउँछ भन्ने उनको भनाई छ । हरेक दिन मुस्कुराउनु पर्छ । सधैं सन्तुष्ट रहनु पर्छ । आइपरेको परिस्थितिलाई स्वीकार गर्नु पर्छ भन्ने उनको सुझाव छ । पिताका अर्ती, आमाको प्रेम र मित्रहरुको साथका स्मरणले सय वर्षको उमेरमा सम्बल दिईरहेको कुरा उल्लेख गरेका छन् ।

यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च यः ।

हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मम प्रियः ।। १५ ।।
===== पदच्छेद र शब्दार्थ =====
यस्मात् (जसबाट) लोकः (लोक) न (न) उद्विजते (क्लेश, क्षोभ हुन्छ) च (तथा) यः (जो) लोकान् (लोकबाट) न (न) उद्विजते (उद्वेग) च (तथा) यः (जो) हर्ष (हर्ष) अमर्ष (क्रोध, अमर्ष) भय (भय) उद्वेगैः (उद्वेगबाट) मुक्तः (मुक्त छ) सः (त्यो) मम (मलाई) प्रियः (प्रिय छ) ।

जसबाट न लोकलाई क्षोभ हुन्छ, न उसले लोकबाट क्षोभ प्राप्त गर्छ । तथा जो हर्ष, अमर्ष, भय र उद्वेगबाट मुक्त छ, त्यो मानिस मलाई प्रिय छ ।। १५ ।।

अनपेक्ष ः शुचिर्दक्ष उदासीनो गतव्यथ ः ।

सर्वारम्भपरित्यागी यो मद्भक्तः समे प्रियः ।। १६ ।।
===== पदच्छेद र शब्दार्थ =====
यः (जो) अनपेक्ष ः (अपेक्षारहित) शुचिः (पवित्र, शुद्ध) दक्षः (दक्ष, सिपालु) उदासीनः (उदासीन, वास्ता नगर्ने) गतव्यथ ः (सुख दुखका व्यथाबाट मुक्त) सर्वारम्भ परित्यागी (सकाम कर्मको त्याग गरेको) सः (त्यो) मद्भक्तः (मेरो भक्त) मे प्रियः (मलाई प्रिय छ) ।

जो अपेक्षारहित छ अर्थात् कुनै कुराको चाहना गर्दैन । जो पवित्र र सिपालु छ, जो फलको विषयमा उदासीन छ, जसलाई सुखदुखले विचलित गराउन सक्दैन, जो सर्वारम्भत्यागी छ अर्थात् जसले सकाम कर्म त्याग गरेको छ, यस्तो भक्त मलाई प्रिय छ ।। १६ ।।
===== व्याख्या =====
भक्तले कसैलाई उद्विग्न बनाउँदैन र आफैं पनि अरुबाट उद्विग्न हुँदैन । उद्विग्नको अर्थ हो उत्तेजना, भय, आवेग, क्षोभ जस्ता भावनात्मात्मक वेगले प्रभावित हुनु । भक्तले कसै प्रति उद्वेगको भावना राख्दैन । भक्तले संसारबाट कुनै क्लेश प्राप्त गर्दैन किनभने जसले जस्तो भाव राखे पनि भक्तले उसलाई प्रेम गर्छ । हर्ष, अमर्ष, भय र उद्वेगबाट भक्त मुक्त हुन्छ । हर्षको अर्थ हो हाँसो वा खुशी । हर्ष हुँदैन भन्नुको अर्थ दुखी हुनु पर्छ भनेको होइन । जो खुशी हुन्छ ऊ दुखी पनि हुनसक्छ । जो आनन्दित रहन्छ ऊ खुशी वा दुखी हुँदैन । त्यसैले भक्त सधैं आनन्दित रहन्छ ।
अमर्षको अर्थ हो अरुको उन्नतिमा दुखी हुनु, क्रोध गर्नु वा दिक्क हुनु । भक्त अरुको खुशीमा खुशी र अरुको दुखमा दुखी हुन्छ, त्यसैले उसले कसैसँग अमर्ष गर्दैन । त्यसैले भक्त व्यथामुक्त अर्थात् आनन्दित रहन्छ ।

सबै कुरा ईश्वरलाई समर्पण गरेकोले उसलाई कसैसँग भय पनि रहँदैन । अनि भक्तले कुनै काम गरे बापत कसैबाट कुनै कुराको प्रति आशा वा अपेक्षा गरेको हुँदैन । ऊ बाहिर, भित्र शुद्ध रहन्छ । यसको अर्थ के हो भने बाह्य पवित्रताका लागि उसले सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य तथा आन्तरिक पवित्रताका लागि शुद्धता, सन्तोष, तप, स्वाध्याय पालन गर्छ । अनि ईश्वरको उपासना र पूजा उसको सर्वोच्च कार्य हुन्छ ।

भक्त दक्ष हुन्छ । दक्षको अर्थ हो आफ्नो काममा सिपालु । भक्तले काम कुशलतापूर्वक सम्पन्न गर्छ र मनलगाएर काम गर्छ किनभने उसको ध्यान परिणाममा होइन काममा हुन्छ।
भक्त उदासीन हुन्छ । उसले सबै प्रति समान व्यवहार गर्छ । उत् र आसीन मिलेर उदासीन बनेको छ । यसको अर्थ हो माथि बसेको, प्रति अभिनति नभउको, निष्पक्ष हुन्छ । उसले शत्रुका पनि गुणको प्रशंसा गर्छ मित्रका पनि दुर्गुण बखान गर्न सक्छ ।
भक्त सर्वारम्भ परित्यागी हुन्छ । रभ् धातुको अर्थ हो सुरु गर्नु वा इच्छा गर्नु हो । त्यसैले सर्वारम्भपरित्यागीको एउटा अर्थ हो सकाम कर्मको त्याग गर्नु । सर्वारम्भपरित्यागीको अर्को अर्थ पनि छ, त्यो हो सुखमा मात्तिने र दुखमा आत्तिने नगर्नु । अहङ्कार परित्याग गरेर जसले आफ्नो कर्म गर्छ त्यो सर्वारम्भपरित्यागी हुनजान्छ । जसले सबै कुरा ईश्वरको जिम्मा लगाउँछ, त्यो मानिस स्वतः सर्वारम्भपरित्यागी हुन्छ । बाइबिलमा भनिएको छ– ‘हामीले योजना बनाउँछौं तर टुङ्गो ईश्वरले लगाउँछन् ।’ (We can make our plans but the Lord determines our steps) जसले यो कुरा बुझ्छ ऊ सर्वारम्भ परित्यागी हुन जान्छ।

यो न हृष्यति न द्वेष्टि न शोचति न कांक्षति ।

शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ।। १७ ।।
===== पदच्छेद र शब्दार्थ =====
यः (जो) न हृष्यति (न हर्षित हुन्छ) न द्वेष्टि (न द्वेष गर्छ) न शोचति (न शोक गर्छ) न काङ्क्षति (न आकाङ्क्षा गर्छ) शुभ–अशुभ–परित्यागी (शुभ अशुभ त्याग गरिसकेको छ) यः (जो) सः (त्यो) भक्तिमान् (भक्तियुक्त मानिस) मे (मलाई) प्रियः (प्रिय छ)।

जो केही पाएर न हर्षित हुन्छ, न द्वेष गर्छ, न शोक गर्छ, न केही कुराको इच्छा गर्छ, तथा जसले शुभ र अशुभ फल त्याग गरिसकेको छ, त्यो भक्तिमान् मानिस मलाई प्रिय छ ।।१७।।
===== व्याख्या =====
भक्तले हर्ष, शोक, द्वेष, इष्ट, अनिष्ट सबै अवस्थालाई स्वाभाविक रुपमा लिन्छ । ऊ इष्ट पाएर खुशी पनि हुँदैन, र अनिष्ट पाएर दुखी पनि हुँदैन । वास्तवमा हर्ष र शोक एउटै सिक्काका दुई पाटा हुन् । जो हर्षित् हुन्छ उही दुखी पनि हुन्छ ।

भक्तले आकाङ्क्षाको आधारमा कर्म गर्दैन, कर्तव्य सम्झेर कर्म गर्छ । कुनै कुराको चाहना राख्नु असन्तुष्टिको कारण हो । भक्त शुभ–अशुभ दुवै प्रति समान हुन्छ । ईश्वरले जे दिएको छ, त्यो स्वीकार गर्नेका लागि शुभ र अशुभमा अन्तर रहँदैन । यसको कारण के हो भने ईश्वरले जे गर्छ त्यो भन्दा शुभ अर्को हुन सक्दैन भन्ने कुरा भक्तले बुझेको हुन्छ ।

वैज्ञानिक अब्दुल कलामले सुरुमा भारतको एयरफोर्सको परीक्षामा समावेश भए । तर उनी उत्तीर्ण हुन सकेनन् । यस असफलताले उनलाई सारै निराश बनायो । उनी एक जना सन्त कहाँ आफ्नो निराशा व्यक्त गर्न पुगे । सन्तले भने– यसको अर्थ स्पष्ट छ, तिमी फौजी अफीसरका लागि योग्य रहेन छौ । तिमी त्यो भन्दा कुनै ठूलो कामका लागि ईश्वरबाट छानिएका छौ ।
चिन्ता गर्न छोडेर उनले आफ्नो अध्ययनलाई नियमितता दिए । पछि उनी एक सफल वैज्ञानिक बने । अन्तमा भारतका राष्ट्रपति बने ।

स्वामी विवेकानन्द सन्न्यासी नहुँदै विद्यार्थी नरेन्द्रदत्त थिए । बेरोजगार नरेन्द्रदत्तले धेरै ठाउँमा नोकरी खोजेका थिए । पिताको मृत्यु पछि घरको जिम्मेवारी उनैका काँधमा थियो । आमाले धेरै पटक गुनासो गर्थिन । घरमा कतिपटक खाना पाकेको थिएन । उनी आफैंले कहिलेकाहीं साथीले खान बोलाएको छ भनेर बाहिर घुमेर आउँथे र साँझमा भोकै सुत्थे । यी सबै कारणले उनी असाध्यै दुखी रहन्थे ।

एक दिन रामकृष्णले नरेन्दको समस्या सोधे । रामकृष्ण काली मन्दिरका साधारण पुजारी थिए । उनले आफूले के गर्न सक्थे र ? नरेन्द्रका कुरा सुनेर उनी ज्यादै दुखी भए र मन्दिर भित्र गएर कालीको मूर्तिका अगाडि रुन थाले ।

एक छिन पछि बाहिर आएर नरेन्दलाई भने– जाउ तिमीलाई जे चाहिन्छ आमासँग माग ।

नरेन्द्रभित्र गएर ध्यान मग्न भए । र एक छिन पछि बाहिर आए ।
यसरी उनी तीन पटक भित्र गए । तर धनसम्पत्ति माग्न सकेनन् । यसबाट उनी आफू पनि निराश बने ।

अनि रामकृष्णले भने– नरेन्द्र, माताले तिमीसंग ठूलो काम लिनका लागि परीक्षा लिन खोज्दै छिन् । धैर्य गर ।

परमहंस रामकृष्णको संगतले उनी अन्तमा विश्व प्रसिद्ध सन्त विवेकानन्द बने । यदि उनको इच्छा पूरा भएको भए उनले कुनै सरकारी नोकरी गरेर परिवार पाल्थे होला ।

समःशत्रौ च मित्रे च तथा मानापमानयो ः ।

शीतोष्णसुखदुखेषु समः संगविवर्जितः ।।१८।।

तुल्य निन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित् ।

अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः ।। १९ ।।
===== पदच्छेद र शब्दार्थ =====
शत्रौ च मित्रे च (शत्रु र मित्रमा) समः (समान छ) तथा (तथा) मान–अपमानयो ः (मान र अपमानमा) शीत–उष्ण–सुख–दुखेषु (सर्दी र गर्मी, सुख र दुखमा) समः (एकनास छ) संगविवर्जितः (आसक्तिरहित) निन्दा–स्तुतिः (निन्दा र स्तुतिमा) तुल्य (एक समान) मौनी (मननशील, कम बोल्ने) येन–केनचित् (जे जति प्राप्त हुन आउँछ) सन्तुष्टः (सन्तुष्ट छ) अनिकेतः (अनिकेत, घरमा आसक्ति नभएको) स्थिरमतिः (स्थिर बुद्धि) भक्तिमान् (भक्तिमान्) नरः (मानिस) मे प्रियः (मलाई प्रिय छ) ।

जो शत्रु र मित्र, मान र अपमान, सर्दी र गर्मी, सुख र दुखमा एकनास छ, जसलाई कुनै कुरामा आसक्ति छैन, जो निन्दा र स्तुति दुवैमा एकनास छ, थोरै बोल्ने, जे जति प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहने, घर परिवारमा आसक्ति नभएको, स्थिर चित्त छ, यस्तो भक्तिमान् मानिस मलाई प्रिय छ ।।१८–१९।।
===== व्याख्या =====
द्वन्द्व नै जीवनमा दुखको कारण हो । यस्ता द्वन्द्वबाट मुक्त भएकोले नै भक्तमा समताको गुण हुन्छ । वास्तवमा म, मेरो, मलाई जस्ता अहङ्कारले गर्दा जीवनमा लाभ हानि, जाडो गर्मी, निन्दा स्तुति, मित्र शत्रु जस्ता द्वन्द्व उत्पन्न हुन्छन् । भक्त यी द्वन्द्वबाट माथि हुन्छ । भक्त मननशील हुन्छ । मननशीलको अर्थ हो थोरै बोल्ने, उचित बोलने जसबाट सुन्ने र बोल्ने दुवैलाई आनन्द हुन्छ ।

जे जति प्राप्त छ, त्यसबाट सन्तुष्ट रहनु यो भक्तको एक गुण हो । सुखी रहनका लागि यो आवश्यक नियम हो । किनभने आफूसँग नभएको कुरा चाहना गर्नु भनेको नै असन्तुष्टि र दुखको कारण बन्छ ।

अनिकेतको अर्थ हुन्छ घर नभएको । जसरी अहङ्काररहित व्यक्तिलाई विदेह भनिन्छ, त्यसै गरी घरको आसक्ति नभएको व्यक्तिलाई अनिकेत भनिन्छ । घरमा बस्नु उसका लागि कर्तव्य हो, आसक्ति होइन ।

भक्तको मन ईश्वरमा लागेको हुन्छ, त्यसैले उसको चित्तमा चञ्चलता हुँदैन अर्थात् भक्त स्थिर चित्तयुक्त हुन्छ । पतञ्जलिले ईश्वरमा मन लगाउनुलाई ध्यानको अन्तिम विकल्पको रुपमा लिएका छन् ।

ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते ।

श्रद्दधाना मत्परमा भक्तास्तेऽतीव मे प्रियाः ।।२०।।
===== पदच्छेद र शब्दार्थ =====
तु (अनि) यथा उक्तम् (यहाँ भनिएका) धम्र्य अमृतम् (अमृत तुल्य धर्मलाई) इदम् (यिनी) ये (जुन मानिसले) मत्–परमाम् (मेरो परायण भई) श्रद्दधानाः (श्रद्धापूर्वक) पर्युपासते (राम्ररी आचरण गर्छन्) ते (तिनी) भक्ताः (भक्तहरु) मे (मलाई) अतीव प्रियाः (अति प्रिय छन्) ।

अनि यहाँ भनिएका अमृततुल्य धर्मलाई जुन मानिसले मेरो परायण भई श्रद्धापूर्वक आचरण गर्छन्, ती भक्तहरु मलाई अति प्रिय छन् ।। २० ।।
==== व्याख्या====
भगवान् श्रीकृष्णले यस अध्यायमा छ पटक प्रिय शब्दको प्रयोग गर्नु भएको छ । भगवानलाई आफ्ना भक्त कति प्रिय हुन्छन्, त्यो यसको उदाहरण हो । भागवतमा भक्तलाई भगवानको स्वरुप बताइएको छ । जसले यहाँ बताइएका गुण व्यवहारमा उतार्छ उसले धम्र्य अमृतलाई नै उपासना गरेको ठहर्छ ।
आचार्य सुरेश्वरले वृहदारण्यक उपनिषद्को टीकामा भनेका छन्– ‘आत्मबोध भइसकेका व्यक्तिमा अद्वेष्ट आदि गुणहरु आफैं बिना कुनै प्रयत्न आउँछन् तर साधक अवस्थामा ती गुण हुँंदैनन् । त्यस अवस्थामा यी गुणहरु ईश्वरभक्तिलाई आधार मानेर आर्जन गर्नु पर्छ ।’

यहाँ भनिएका सबै गुण भगवान् श्रीकृष्णको जीवनमा एकै ठाउँमा पाइन्छन् । विद्याध्ययन प्राप्त गर्ने सानो उमेरमा उनले गाई चराएर बिताउनु पर्यो । धेरै पछि सान्दीपनि गुरुको आश्रममा पढ्ने अवसर प्राप्त भयो त्यो पनि थोरै समयका लागि । युद्ध गर्दा बारम्बार भागेर जिउ जोगाउनु पर्यो । मणि चोरी गरेको दोष लाग्यो । यसबाट मुक्ति पाउन ओडार भित्र २८ दिन ज्यान जोखिममा पारेर युद्ध गर्नु पर्यो । आफ्नो कारणले परिवार मात्र होइन यदु कुल नै बसाईं सरेर द्वारका जानु पर्यो । तथापि भगवान् श्रीकृष्णले सबै कुरा सहर्ष स्वीकार गर्दै सधैं प्रसन्नचित्त रहेर संसारका लागि उदाहरण प्रस्तुत गर्नु भएको छ । त्यसैले भगवान श्रीकृष्णको जीवन एक साधक, सिद्ध, भक्त र योगीको उदाहरण हो ।
यस अध्यायमा भक्ति योगलाई महत्त्व दिए पनि गीताले साधकलाई ज्ञान, भक्ति, कर्म र ध्यान चारवटै योगका सन्तुलित मिश्रणको अभ्यास गर्न प्रेरित गर्छ । जुन आफ्नै प्रकृतिका लागि बढी अनुकूल हुन्छ त्यस योगलाई साधकले मुख्य साधना बनाउनु पर्छ । साथै उचित अनुपातमा अन्य योगलाई मिसाउनु पर्छ । कुनै पनि मानिसमा केवल एउटा शक्ति मात्र हुँदैन अघि भनिएका चारवटै शक्तिहरू हुन्छन् । तर चारवटै शक्तिको अनुपात भने सबैमा फरक फरक हुन्छ । ध्यान दिनु पर्ने कुरा के भने योगेश्वर श्रीकृष्णले चारै योग एउटै मानिस– अर्जुनलाई सिकाउनु भएको छ र तिनीहरूको अनुसरण गर्नका लागि प्रेरित पनि गर्नु भएको छ । यसबाट निस्संकोच के निर्णय गर्न सकिन्छ भने गीताको योग एक समुचित आध्यात्मिक साधना हो । जसले यसका चारवटै पक्षलाई समन्वित गर्छ । तर पनि अर्जुनको स्वभाव वा प्रकृति कस्तो थियो भने उनका लागि कर्मयोग नै बढी अनुकूल थियो । उसको स्वधर्म अनुसार सन्न्यास वा ज्ञानयोग उसका लागि उपयुक्त थिएन । त्यसैले यस अध्यायमा अर्जुनका लागि कर्मफलको आकांक्षा त्याग गरेर एकाग्रतापूर्वक कर्म गर्नु नै सजिलो र श्रेयस्कर बताइएको छ । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने उद्धवलाई उपदेश दिँदा भगवान कृष्णले ज्ञानभन्दा भक्ति सरल हुन्छ भनी उपदेश दिनु भएको छ । त्यसैले कुनै एउटा विधि सबै मानिसका लागि उपयुक्त हुँदैन । यदि ज्ञानको विधि शंकराचार्यलाई सरल छ भने नारदलाई भक्तिको विधि सरल छ ।

ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे भक्तियोगो नाम द्वादशोऽध्यायः ।।
श्रीमद्भगवद्गीता रुपी उपनिषद् यस ब्रह्मविद्या र योगशास्त्रमा श्रीकृष्ण र अर्जुनका संवादको भक्तियोग नाम गरेको अध्याय १२ समाप्त भयो ।।ॐ तत्सत् ।।

====सन्दर्भ====
अधिकारी, कोमलनाथ, (वि.सं.२०१८), पञ्चरत्नगीता, कोमलगीता, नेपाली पद्यानुवाद र व्याख्या वाराणसी ः यशोदा प्रेस ।

अपूर्वानन्द, (सन् २००२), श्रीमद्भगवद्गीता पदच्छेद, अर्थ, व्याख्या, कलकत्ता ः रामकृष्ण मठ ।

अपूर्वानन्द, (वि.सं.२०७१), अनुवादक बाबु राम ज्ञवाली, शंकराचार्यको जीवनी, विद्यार्थी पुस्तक भण्डार।

आदि शंकराचार्य, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता शांकरभाष्य, गोरखपुर ः गीताप्रेस ।

आप्टे, वामन शिवराम, (मिति उल्लेख नभएको) संस्कृत–हिन्दी शब्दकोश, सम्पादक उमा प्रसाद पाण्डेय, नई दिल्ली ः कमल प्रकाशन ।

ईश्वरानन्द, (वि.सं. २०५१) गीता तात्पर्य, संस्कृत, अन्वय, अर्थ र व्याख्या, स्वयम्भू ः गीता अध्ययन मण्डल ।

ओशो, (सन् १९८०), गीता दर्शन , पूना ःरेबेल बुक्स ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०६०), विचार विज्ञान, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड बाबा (सच्चिदानन्द सरस्वती), (वि.सं.२०५६), आत्मबोध, काठमाडौं ः खप्तड आश्रम समिति ।

खप्तड स्वामी, (वि.सं.२०५१), धर्म विज्ञान सार संक्षेप, सम्पादक चूडानाथ भट्टराय, काठमाडौं ः बबी शाह ।

गीताप्रेस, (वि.सं.२०६५), महाभारत पाँच खण्ड, गोरखपुर ः गीताप्रेस ।

गीताप्रेस, (वि.सं.२०६४), ईशादि नौ उपनिषद्, गोरखपुरः गीताप्रेस ।

गोयन्दका, जयदयाल, (वि.सं. २०७०),गीता तत्त्व विवेचनी, गोरखपुरः गीताप्रेस ।

जलोटा, अनूप, (वि.सं.२०७०), श्रीमद्भगवद्गीता (सी डी) ।

नेपाल, ज्ञानमणि, २०७०, आबाल ब्रह्मचारी षडानन्द अधिकारीको अवदान, काठमाडौंः आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान ।

पन्थी, टीकाराम, (वि.सं.२०६४), अर्वाचीन रेसुङ्गा (यदुकानन्दकालीन रेसुङ्गा), तम्घास, गुल्मीः किरण पुस्तकालय ।

पौड्याल, जयदेव, (वि.सं.२०४६) शङ्कराचार्य रचित तत्त्व बोधको अनुवाद, काठमाडौंः श्री ५ को सरकारको छपाखाना, सिंहदरबार ।

पौडेल, तेजनिधि, स्वर्गद्वारी महाप्रभु, बेस्ट खबर डट कम बाट ३ दिसम्बर, २०२३

बेनेट, जे जे र ठाकुरलाल मानन्धर,(वि.सं.२०६७), अनन्तको यात्रा, काठमाडौंः योगेन्द्रभक्त श्रेष्ठ ।

मरासिनी, धनञ्जयको ब्लग, सन्त शशिधरको जीवनी, ३ दिसम्बर, २०२३

मजगैयाँ, रामप्रसाद, (वि.सं.२०४६), श्री स्वर्गद्वारी महाप्रभु चरित्र, दाङ्ग, बिजौरी ः रामप्रसाद उपाध्याय मजगैयाँ ।

म्याक्समुलर, एफ. (१९७१), रामकृष्ण, हिज लाइफ एन्ड सेईङ्ग्स, रामकृष्ण मठ, नागपुर ।

रामसुखदास, (वि.सं.२०६७), श्रीमद्भगवद्गीता साधक संजीवनी, गोरखपुरः गीताप्रेस ।

रोलां, रोम्यां, (सन् २००९), रामकृष्ण की जीवनी अनुवादक धनराज विद्यालंकार, सम्पादक डा. रघुराज गुप्त, नागपुर ः रामकृष्ण मठ ।

शर्मा, जनकलाल, (वि.सं.२०२०), जोसमनि सन्त परम्परा र साहित्य, काठमाडौं ः साझा प्रकाशन ।

शर्मा, डी एस, (वि.सं.२०५५), हिन्दु धर्मको क ख ग अनुवादक कुलशेखर शर्मा, गीता समुदय प्रकाशन ।

शशिधर स्वामी, (वि.सं.२०३३), सन्त शशिधरको बाणोपनिषद, तम्घास ः किरण पुस्तकलाय ।
bd4l24wm3sryp0qu8tbkj14x4k7i065
18619
18617
2026-06-18T03:52:54Z
CommonsDelinker
37
Removing [[:c:File:सन्त_शशिधर.png|सन्त_शशिधर.png]], it has been deleted from Commons by [[:c:User:Krd|Krd]] because: No license since 10 June 2026.

aw1nzxhsdegihv2zdg3jcduzkiio7wz